दार्जिलिङ: आज सामाजिक संजाल मार्फत दार्जिलिङ लोकसभा सांसद राजु विष्टले सम्पूर्ण देशवासीहरूलाई गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गरे।
उनले यो दिवस हाम्रो संविधान, लोकतान्त्रिक मूल्यहरू तथा राष्ट्रिय एकताको गौरवपूर्ण प्रतीक रहेको जनाए। साथै सबै मिलेर संविधानका आदर्शहरूलाई आत्मसात गर्दै एक सशक्त, समावेशी, समृद्ध तथा विकसित भारत (विकसित भारत) निर्माणतर्फ योगदान गर्न अपिल गरे।










