नयाँ दिल्ली: पद्म पुरस्कार भारतका सर्वोच्च नागरिक सम्मानहरूमध्ये एक हो, जसलाई तीन श्रेणीमा प्रदान गरिन्छ—पद्म विभूषण, पद्म भूषण र पद्मश्री। ‘पद्म विभूषण’ असाधारण तथा विशिष्ट सेवाका लागि, ‘पद्म भूषण’ उच्चस्तरीय विशिष्ट सेवाका लागि र ‘पद्मश्री’ कुनै पनि क्षेत्रमा उल्लेखनीय सेवाको सम्मानस्वरूप प्रदान गरिन्छ।
भारत सरकारले सन् २०२६ का लागि पद्म पुरस्कारको सूची घोषणा गरेको छ। यस वर्ष दिवंगत अभिनेता धर्मेन्द्रसहित ५ जनालाई पद्म विभूषण प्रदान गरिने भएको छ। साथै १३ जनालाई पद्म भूषण र क्रिकेटर रोहित शर्मासहित ११३ जनालाई पद्मश्री पुरस्कार प्रदान गरिनेछ। गृह मन्त्रालयले सन् २०२६ का लागि जम्मा १३१ वटा पद्म पुरस्कारको घोषणा गरेको हो, जसमा ५ पद्म विभूषण, १३ पद्म भूषण र ११३ पद्मश्री समावेश छन्।
केरलका पूर्व मुख्यमन्त्री वी. एस. अच्युतानन्दन र अभिनेता धर्मेन्द्रलाई मरणोपरान्त पद्म विभूषण प्रदान गर्ने निर्णय गरिएको छ।
‘एड गुरु’का रूपमा परिचित पियूष पाण्डे, झारखण्ड मुक्ति मोर्चाका संस्थापक शिबु सोरेन तथा भाजपाका नेता वी. के. मल्होत्रालाई मरणोपरान्त पद्म भूषण प्रदान गरिनेछ।
प्लेब्याक गायिका अल्का याग्निक, उत्तराखण्डका पूर्व मुख्यमन्त्री भगत सिंह कोशियारी, अभिनेता मामुट्टी तथा बैंकर उदय कोटकलाई पद्म भूषण प्रदान गरिनेछ।
प्रख्यात टेनिस खेलाडी विजय अमृतराज पनि पद्म भूषणबाट सम्मानित हुनेछन्।
क्रिकेटर रोहित शर्मा र हकी खेलाडी सबिता पुनियालाई पद्मश्री सम्मानका लागि चयन गरिएको छ।
जवाहरलाल नेहरू विश्वविद्यालयका पूर्व उपकुलपति एम. जगदीश कुमार तथा प्रसार भारतीका पूर्व सीईओ शशी शेखर वेम्पतिलाई पद्मश्री प्रदान गरिनेछ।
भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौर भुल्लर पनि पद्मश्री सम्मानबाट सम्मानित हुने भएकी छन्।
यस वर्ष कुल १३१ जनालाई पद्म पुरस्कार प्रदान गरिनेछ।
२०२६ का लागि पद्म पुरस्कार विवरण:
राष्ट्रपतिले सन् २०२६ का लागि जम्मा १३१ वटा पद्म पुरस्कार प्रदान गर्न स्वीकृति दिएका छन्। यस सूचीमा ५ पद्म विभूषण, १३ पद्म भूषण र ११३ पद्मश्री समावेश छन्। पुरस्कारप्राप्तमध्ये १९ जना महिला छन्। साथै विदेशी–एनआरआई–पीआईओ–ओसीआई श्रेणीका ६ जना तथा १६ जना मरणोपरान्त सम्मानित व्यक्तिहरू पनि सूचीमा परेका छन्।
यी पुरस्कारहरू प्रायः हरेक वर्ष मार्च–अप्रिल महिनामा राष्ट्रपति भवनमा आयोजना हुने औपचारिक समारोहमा भारतका राष्ट्रपतिको हातबाट प्रदान गरिन्छ। पद्म पुरस्कार कला, समाजसेवा, सार्वजनिक सेवा, विज्ञान तथा प्रविधि, व्यापार तथा उद्योग, चिकित्सा, साहित्य तथा शिक्षा, खेलकुद, नागरिक सेवा आदि विभिन्न क्षेत्रमा प्रदान गरिन्छ।
‘पद्म विभूषण’ असाधारण तथा विशिष्ट सेवाका लागि, ‘पद्म भूषण’ उच्चस्तरीय विशिष्ट सेवाका लागि र ‘पद्मश्री’ कुनै पनि क्षेत्रमा उल्लेखनीय योगदानको कदरस्वरूप प्रदान गरिन्छ। यी पुरस्कारहरूको घोषणा प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसरमा गरिन्छ।









