दार्जलिंङ: इण्डियन गोर्खा जन शक्ति फ्रण्टमा समर्थन जनाउँनेहरूको घुँईचो लागेको छ।आज कालेबुङमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको कर्मी सभा सम्पन्न भयो।आयोजित सभामा पार्टीको केन्द्रीय संयोजक अजय एडवर्डस विशेष रूपमा उपस्थित रहेका थिए।त्यसरी नै पार्टीको अन्य केन्द्रीय नेतृत्वहरूको पनि उपस्थिति रहेका थिए।सभामा कालेबुङ क्षेत्रका विभिन्न समष्टिहरूबाट ४ सय ६० परिवारहरूलाई इण्डियन गोर्खा जन शक्ति फ्रण्टमा आस्था राख्दै पार्टीमा सामेल भए।जसमा ४२ नम्बर समष्टि अन्तर्गत सल्बुङ ग्राम पंचायत समितिको स्वतन्त्र सदस्य एकता योन्जनले पनि इण्डियन गोर्खा जन शक्ति फ्रण्टको झण्डा समाए। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको सभा युद्धस्तरमा चलिरहेको छ।यसैक्रममा पार्टीमा समर्थन जनाउनेहरूको घुँइचो लागेको छ।इण्डियन गोर्खा जन शक्ति फ्रण्टले आफ्नो गठनकालदेखि नै माटो पनि नछोडने साथै बाटो पनि नछोडने स्पष्ट बताउदै आएका छन्।माटो भन्नाले अलग राज्य गोर्खाल्याण्ड हो, त्यसरी नै बाटो भन्नाले विकास हो।इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डस्सले आफ्नो लगानीमा दुर्गम ग्रामिण क्षेत्रहरूमा बाटोको निर्माण कार्यहरूदेखि लिएर खोलामाथि पुलहरूको निर्माण कार्य गर्दै आइरहेको छ।इण्डियन गोर्खा जन शक्ति फ्रण्ट सत्तामा छैन तर पनि केन्द्रीय संयोजक अजय एडवर्डसले आफ्नो लगानी गरेर बाटो,पुल आदि जस्ता बुनियादी सुविधाहरूको निर्माण धमाधम गर्दै आइरहेका छन्।यदि भोलीको दिनमा सत्तामा आए पहाडमा विकासको गति तीव्र प्रकारले हुनेछ यसमा कुनै दुई मत छैन।इण्डियन गोर्खा जन शक्ति फ्रण्टले आफ्नो पहाड तराई डुवर्स तथा गोर्खा हरूको दीर्धकालिन मांगलाई इमान्दारिताको साथ अघि बढाउने स्पष्ट बताउदै आएका छन्।गोर्खा जातिको जातीय मुद्दासंग कुनै अवस्थामा पनि सम्झौता नगर्ने पार्टीले आफ्नो संविधानमा वाचा गरेको छ।










