दार्जिलिङ: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टले दिवंगत प्रशान्त तामाङका परिवारजनलाई दार्जिलिङको लोअर टुङसुङस्थित उनिहरूको निवासमा भेट गरी उनकी जीवनसाथी मार्था, छोरी तथा दिदीबहिनीप्रति हार्दिक समवेदना व्यक्त गरे।
सामाजिक संजाल मार्फत सांसदले प्रशान्त तामाङ केवल एक गायक वा अभिनेता मात्र नरहेर उनि गोर्खा युवाको प्रतीक थिए, जसले आफ्नो अटुट संघर्ष र कहिल्यै हार नमान्ने भावनाबाट राष्ट्रिय स्तरमा पहिचान बनाएको उल्लेख गरे।
सांसदले संजालमा भने, “जसले प्रशान्तको पाइला पछ्याए धेरै गायक, नर्तक, अभिनेता तथा कलाकारहरूका लागि प्रशान्त प्रेरणाको स्रोत बने।”

यसरी नै सांसदले संजालमा प्रशान्तलाई गुमाउँदा एक महान् आइकन गुमाएको, तर उनको संगीत र कलात्मक योगदानमार्फत उनि सधैं हाम्रो बीच जीवित रहिरहने बताए।
अन्तमा सांसदले प्रशान्तको परिवारलाई निरन्तर साथ र सहयोग पुर्याउने र सधैं उनिहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गरे।









