जर्मनीमा फिफा वर्ल्ड कप २०२६ वहिष्कार गर्ने चर्चा तेज

IMG-20260124-WA0050

बर्लिन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिहरू र बढ़िरहेको भू-राजनैतिक तनाउबीच जर्मनीमा २०२६ फिफा वर्ल्ड कपको सम्भावित वहिष्कार (बयकट)-को चर्चा तेज भएको छ। जर्मन फूटबल महासंघ (डीएफबी)-को कार्यकारी समितिका सदस्य अनि बुन्देसलीगा क्लब एसटी. पाउलीका अध्यक्ष ओके गेटलिष्टले यसस मुद्दामा अब गम्भीर बहसको आवश्यकता रहेको बताएका छन्। गेटलिष्टले जर्मन दैनिक ह्याम्बर्ग मोर्गेनपोष्ट-लाई दिएको एउटा साक्षात्कारमा भनेका छन्, यसमाथि गम्भीरताको साथ विचार र चर्चा गर्ने समय आएको छ। ट्रम्पको हालका कार्वाहीहरूले यूरोपमा अस्थिरता बढ़ाएको छ। उनले ग्रीनल्याण्डमा कब्जाको प्रस्ताव राखेका छन्। यस फसेलाको विरोध गर्ने यूरोपेली देशहरूमाति टेरिफ लगाउने धम्की दिएका छन्, जसले नाटो-माथि पनि असरको आशंका बढ़ेकको छ। गेटलिष्टले १९८० ओलम्पिक बयकटको उल्लेख गर्दै भने, त्यस समय के कारण थियो? मेरो विचारमा आज खतरा त्यसभन्दा पनि अधिक छ। सम्पूर्ण विश्व राजनैतिक तनाउमा रहेको छ। यसैकारण खेलहरूमाथि पनि बातचीत जरूरी छ। उल्लेखनीय छ, फिफा वर्ल्ड कप २०२६-को आयोजन अमेरिका, मेक्सिलो र क्यानाडामा हुनेछ जबकि टिकटहरूको दाम र यात्रा प्रतिबन्धले प्रशंसकहरू अगावै चिन्तित छन्।
गेटलिष्टलाई उनको विचारमाथि जर्मन महासंघका अध्यक्ष बेर्ण्ड नयएण्डर्फ र फिफा प्रमुख जियानी इन्फेण्टिनोको मञ्जुरी हासिल हुनु मुश्किल रहेको कुरा पनि थाहा छ। कतर वर्ल्ड कपको राजनीतिको उदाहरण दिँदै उनले भने, कतर सबैको निम्ति धेरै राजनीतिक थियो अनि अहिले हामी सम्पूर्ण रूपले अराजनैतिक भएका छन्। यस कुराले मलाई चिन्तित बनाउँछ। एसटी पाउली क्लबलाई शुरुदेखि नै खेल र राजनीतिलाई जोड़नको निम्ति जानिन्छ। गेटलिष्टले बताएअनुसार, सम्भावित वहिष्कारले उनको क्लबमा रहने अष्ट्रेलिया र जापानका खेलाड़ीहरूमाथि असर पर्नेछ तर यो महत्त्वहीन हुनेछ। उनले भने, पेशादार खेलाड़ीहरूका जीववन ती लाखौं मानिसहरूभन्दा अधिक मूल्यवान हुन सक्दैन, जसले प्रत्यक्ष या परोक्ष रूपमा हमला अनि धम्कीहरूको सामना गरिरहेका छन्।

About Author

Advertisement