दार्जिलिङ: पश्चिम बंगाल राज्यका राज्यसभा सांसद हर्षवर्धन श्रृंगलाले आज सामाजिक संजाल मार्फत सरस्वती पूजा तथा वसन्त पञ्चमीको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गरे।
उनले ज्ञान, बुद्धि र सृजनशीलताको प्रतीक माता सरस्वतीले हामी सबैलाई स्पष्ट चिन्तन, अध्ययनप्रतिको समर्पण तथा धर्मको मार्गमा अघि बढ्ने शक्ति प्रदान गरून् भनि कामना गरे। साथै वसन्त ऋतु नयाँ आशा र सकारात्मकतासहित आगमन गर्दै गर्दा, यो पवित्र दिनले सबैको जीवनमा ज्ञानको प्रकाश, सद्भाव र सफलताको वर्षा गरोस्, र हामीलाई बौद्धिक तथा आध्यात्मिक रूपमा निरन्तर उन्नति गर्न प्रेरित गरोस् भनि शुभेच्छा उल्लेख गरे।










