नागपुर: भारतले पहिलो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा न्यूजील्याण्डलाई ४८ रनले पराजित गरी ५ वटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल भयो। विदर्भ क्रिकेट एसोसिएशन स्टेडियममा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ७ विकेट गुमाएर २३८ रनको मजबूत स्कोर बनायो। ओपनर अभिषेक शर्माले सर्वाधिक ८४ रन बनाए। उनले ३५ बल खेलेर ८ वटा छक्का र ५ वटा चौका लगाए। यसबाहेक कप्तान सूर्यकुमार यादवले ३२ र हार्दिक पाण्ड्याले २५ रनको योगदान दिए। अन्तिम ओभरहरूमा तेजीको साथ रन बनाउँदै रिंकू सिंहले अविजित ४४ रनको महत्त्वपूर्ण ईनिंग्स खेले। उनले २० बलको सामना गरी ४ वटा चौका र ३ वटा छक्का लगाए। न्यूजील्याण्डका बलरहरूमा जेकब डफी र काइल जेमिसनले २-२ विकेट लिए। जवाफमा न्यूजील्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो। केवल १ रनमा २ विकेटको पतनपछि न्यूजील्याण्डको निम्ति ग्लेन फिलिप्सले अर्द्धशतकको साथ टीमलाई जिताउने प्रयास गरे पनि भारतीय बलरहरूले लगातार अन्तरालमा विकेट हासिल गरी टीमलाई जीत दिलाए। फिलिप्सले ४० बलमा ६ वटा छक्का र ४ वटा चौकाको साथ ७७८ रन बनाए। यसबाहेक मार्क चापम्यानले ३९, डेरिल मिचेलले २८, टिम रबिन्सनले २१ र कप्तान मिचेल मार्शले अविजित २० रनको योगदान दिए। भारतीय बलरहरूमा वरुण चक्रवर्ती र शिवम दुबेले २-२ विकेट लिए। अभिषेक शर्माले प्लेयर अव् द म्याचको ट्रफी हासिल गरे।










