मार्टिनेजलाई पराजित गरी अष्ट्रेलियन ओपनमा १००औं जीत दर्ता गरे जोकोविचले

IMG-20260120-WA0080

मेलबर्न: सर्बियाका दिग्गज टेनिस खेलाड़ी नोवाक जोकोविचले एकतर्फी जीतको साथ अष्ट्रेलियन ओपनको दोस्रो राउण्डमा प्रवेश गरे। सालको पहिलो ग्राण्ड स्ल्याममा यो उनको १००औं जीत हो। विश्वका पूर्व नम्बर एक खेलाड़ीले पेड्रो मार्टिनेजलाई ६-३, ६-२, ६-२-ले पराजित गरी मेलबर्न पार्कमा आफ्नो १००औं करियर जीत हासिल गरे। रेकर्ड १० पल्टका अष्ट्रेलियन ओपन च्याम्पियन जोकोविचको नजर अहिले रोजर फेडररको १०२ वटा म्याच जित्ने अल-टाइम रेकर्ड तोड़्नमा नजर रहेको छ। म्याचपछि जोकोविचले भने, १०० वटा म्याच जितेको सुनेर खुशी लाग्यो। सेञ्चुरी बनाउनु असल कुरा हो। म भाग्यशाली थिएँ कारण मलाई करियरको शुरुवातमै यस्ता मानिसहरूका साथ प्राप्त भयो, जसले मलाई सिकाए अनि अघि बढ़ाए। अहिले पनि यस स्तरमा खेल्न सकेर म आफूलाई भाग्यशाली ठान्छु। जोकोविचले अहिले अष्ट्रेलियन ओपन, विम्बल्डन र फ्रेञ्च ओपनमा १०० या त्यसभन्दा अधिक म्याच जितिसकेका छन्। उनी ३ वटा अलग-अलग ग्राण्ड स्ल्याममा यस उपलब्धिलाई हासिल गर्ने एकमात्र खेलाड़ी हुन्। यस जीतको साथ जोकोविचले लगातार १९औं पल्ट अष्ट्रेलियन ओपनको दोस्रो राउण्डमा प्रवेश गरे। दोस्रो राउण्डमा उनको भिड़न्त २३ वर्षीय इटालियन क्वालीफायर फ्रान्सेस्को मेस्ट्रेलीसँग हुनेछ। अष्ट्रेलियन ओपनमा पदार्पण गरिरहेका यस खेलाड़ीले टेरेन्स एटमेनलाई ६-४, ३-६, ६-७ (४), ६-१, ६-१-ले पराजित गरी कुनै मेजर टुर्नामेण्टमा आफ्नो पहिलो जीत हासिल गरे।

About Author

Advertisement