सेनेगलले जित्यो अफ्रिकी कप अव् नेशन्सको खिताब

IMG-20260119-WA0092

नयाँ दिल्ली: सेनेगलले पेप गुयेले अतिरिक्त समयमा गरेको गोलको सहायताले आयोजक मोरक्कोलाई १-०-ले पराजित गरी अफ्रिका कप अव् नेशन्स फूटबल टुर्नामेण्टको खिताब जित्यो। अत्यन्तै तनाउपूर्ण परिस्थितिहरूबीच खेलिएको फाइनलमा दुवै टीमले निर्धारित समयको खेलमा गोल गर्न सकेन तर अन्तमा पेप गुये निर्णायक गोल गर्न सफल भए। उनले ९४औं मिनटमा गोल गरे। फाइनल म्याच तनाउपूर्ण रह्यो। म्याचको अवधि दर्शकहरूले मैदानमा प्रवेश गर्ने कोशिश पनि गरे। यसबाहेक सेनेगलका खेलाड़ीहरू दोस्रो हाफको स्टपेज टाइममा पेनल्टीको फसेलाको विरोध गर्दै मैदान बाहिर पनि गए। त्यसपछि प्रंशसक र सुरक्षाकर्मीहरूबीच झगड़ा शुरु हुँदा म्याच निक्कै बेरसम्म रोकियो। लगभग १४ मिनटपछि खेल पुनः शुरु गरियो अनि सेनेगलका गोलकीपर एडुआर्ड मेण्डीले ब्राहिम डिआजको पेनल्टीलाई रोके। त्यसपछि गुयेले अतिरिक्त समयको चौथो मिनटमा निर्णायक गोल गरे। मोरक्कोको हारले गर्दा ६९,५०० दर्शक क्षमता भएको प्रिन्स मौले अब्देल्लाह स्टेडियम अन्तिम सिटी बज्नको साथै खाली हुन थाल्यो। सेनेगलका खेलाड़ीहरूले ट्रफी उठाएको हेर्न स्टेडियममा एकदमै कम्ती दर्शकहरू रहेका थिए। यसरी सेनेगल टुर्नामेण्टमा दोस्रोपल्ट च्याम्पियन बन्यो। यसअघि टीमले २०२१-मा पनि ट्रफी जितेको थियो।

About Author

Advertisement