दुर्गा प्रसाईं पक्राउ

Durga Prasain

पोखरा: ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। उनी पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका हुन्।

कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले उनी पक्राउ परेको पुष्टि गरे। ‘काठमाडौँबाट पक्राउ अनुमति आएको छ। सोही अनुसार हामीले कार्यान्वयन गरेका हौँ,’ उनले भने।

पक्राउ परेका प्रसाईंलाई काठमाडौँ पठाउने तयारी भइरहेको छ। नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए।

प्रसाईंको यो अभिव्यक्तिपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।

About Author

Advertisement