जुबिन गर्गको मृत्युबारे सिंगापुरमा नयाँ खुलासा

Zubeen-Garg-Biography-Early-Life-Education-Age-Career-and-Legacy

सिंगापुर: सिंगापुरको एक अदालतलाई बुधबार जानकारी दिइयो कि गायक जुबिन गर्ग गत सेप्टेम्बरमा लाजरस टापु नजिक “धेरै मादक अवस्थामा” थिए र लाइफ ज्याकेट लगाउन अस्वीकार गरेपछि डुबेका थिए। १९ सेप्टेम्बर २०२५ मा सिंगापुरमा आयोजना हुने उत्तर–पूर्व भारत महोत्सवमा प्रस्तुति दिनुअघिल्लो दिन उनी केही व्यक्तिसँग एउटा डुङ्गामा थिए, त्यही क्रममा यो दुर्घटना भएको थियो।
च्यानल ‘न्यूज एशिया’को रिपोर्टअनुसार, मुख्य अनुसन्धान अधिकृतले अदालतलाई बताए कि गर्ग (५२) ले सुरुमा लाइफ ज्याकेट लगाएका थिए, तर पछि त्यसलाई फुकाले र त्यसपछि दिइएको दोस्रो लाइफ ज्याकेट पनि लगाउन अस्वीकार गरे। अधिकारीका अनुसार त्यसबेला उनी निकै मादक अवस्थामा थिए र धेरै प्रत्यक्षदर्शीले उनलाई डुङ्गातर्फ फर्केर पौडिन खोजिरहेको देखेका थिए, तर अचानक उनी शिथिल भए र उनको शरीर पानीमा तैरिएको देखियो।
उनीलाई तुरुन्तै डुङ्गामा फिर्ता ल्याइयो र कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) दिइयो, तर सोही दिन पछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।
गायक उच्च रक्तचाप र मिर्गीबाट पीडित थिए:
अदालतलाई जानकारी दिइयो कि गर्ग उच्च रक्तचाप र मिर्गी रोगबाट पीडित थिए र सन् २०२४ मा उनलाई दौरा परेको थियो। तर घटनाको दिन उनले नियमित रूपमा मिर्गीको औषधि खाएका थिए वा थिएनन् भन्ने स्पष्ट छैन, किनकि प्रत्यक्षदर्शीहरूको बयान यसलाई पुष्टि गर्न पर्याप्त छैन। सिंगापुर प्रहरीले उनको मृत्युमा कुनै षड्यन्त्रको आशंका नरहेको बताएको छ। यस अनुसन्धानमा कुल ३५ जना साक्षी प्रस्तुत गरिनेछन्, जसमा डुङ्गामा रहेका प्रत्यक्षदर्शी, डुङ्गाका कप्तान, प्रहरी अधिकारी र प्यारामेडिक्स समावेश छन्।
डुङ्गामा मदिरा सेवन:
मुख्य अनुसन्धान अधिकारीका अनुसार गर्गसहित करिब २० जना, जसमा उनका साथी र सहकर्मी पनि थिए, ले डुङ्गामा खाजा खाएका थिए र मदिरा सेवन गरेका थिए। धेरै प्रत्यक्षदर्शीले उनलाई मदिरा पिएको देखेको बताएका छन्; कसैले उनले जिन, ह्विस्की र गिनिज स्टाउट पनि सेवन गरेको बताए।
पहिलोपटक पौडिँदा उनले लाइफ ज्याकेट फुकालेका थिए र डुङ्गामा फर्किएपछि आफू थाकेको बताएका थिए।
लाइफ ज्याकेट लगाउन अस्वीकार:
अनुसन्धान अधिकारीले भने, “दोस्रोपटक पौडिने निर्णय गर्दा उनलाई सानो आकारको अर्को लाइफ ज्याकेट दिइएको थियो, तर उनले त्यो लगाउन अस्वीकार गरे। उनी लाइफ ज्याकेट नलगाई पानीमा उत्रिए र एक्लै लाजरस टापुतर्फ पौडिन थाले।”
यसैबीच, गर्गका काका मनोज कुमार बोरठाकुरले अदालतमा लिखित बयान पढेर सुनाए, जसमा उनले परिवारका तर्फबाट मृत्युबारे विभिन्न चिन्ता व्यक्त गरे। सरकारी कोरोनर एडम नखोदाले भने कि माग गरिएका केही जानकारी मृत्युको कारणसँग प्रत्यक्ष सम्बन्धित नभएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement