अर्जुनलाई लिएर मलाइकाले मौनता तोडिन्

IMG-20260114-WA0110

मुम्बई: एक समय बलिउडका ‘पावर कपल’ मानिने मलाइका अरोरा र अर्जुन कपूरको सम्बन्धमा सन् २०२४ मा दरार आएको थियो। तर त्यसपछि पनि उनीहरूको सम्बन्धलाई लिएर पटक–पटक अड्कलबाजी भइरह्यो। मलाइकाका बाबुको निधनपछि अर्जुन उनीकहाँ पुगेका थिए, जसलाई लिएर पनि निकै चर्चा भयो। अब उनीहरूको सम्बन्ध अहिले कुन अवस्थामा छ भन्नेबारे स्वयं मलाइकाले प्रतिक्रिया दिएकी छन्।
एक अन्तर्वार्तामा अर्जुनसँगको सम्बन्धको समीकरणबारे बोल्दै मलाइकाले भनिन्, “मेरो विचारमा रिस, चोट र पीडाजस्ता भावनाहरू निश्चित समयसम्म मात्र सीमित हुन्छन्। यो सबैको जीवनमा हुन्छ। हामी सबै मानिस हौं। रिसको अभिव्यक्ति, मन दुख्नु, निराशाका विभिन्न रूपहरू हामीले देखेका छौं। यो मानवीय स्वभाव हो। तर समयसँगै सबै कुरा ठीक हुँदै जान्छ। समयले सबै घाउहरू भरिदिन्छ।”
मलाइका र अर्जुन करिब छ वर्षसम्म सम्बन्धमा थिए। ब्रेकअपपछि उनीहरूको सम्बन्ध कस्तो छ भन्ने प्रश्नमा अभिनेत्री–मोडलले भनिन्, “केही पनि फरक भएको छैन। जे भए पनि उनी मेरो जीवनको एउटा महत्वपूर्ण हिस्सा हुन्। तर म आफ्नो अतीतबारे धेरै कुरा गर्न चाहन्नँ। न त भविष्यमा के हुन्छ भन्नेबारे धेरै भन्न चाहन्छु। यस विषयमा पहिले नै धेरै कुरा लेखिएको छ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement