चिया मजदुरको पेन्सन: अनित थापाले श्रममन्त्रीलाई पत्र लेखे

IMG-20260114-WA0120

खरसाङ: ५८ वर्षभन्दा माथिका चिया बगान श्रमिकहरूलाई पेन्सन लाभको अनुरोध गर्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले पश्चिम बंगालको श्रम विभागका मन्त्रीलाई पत्राचार गरेका छन्। उनले यस पत्रबाट बन्द भएका चिया बगानहरूका श्रमिकहरूको कल्याण सम्बन्धी एक जरुरी मुद्दालाई मन्त्रीको ध्यानमा ल्याउँदै भनेका छन् – फौलाई (असंगठित श्रमिक तथा मजदुरहरूको वृद्धावस्था आयको लागि आर्थिक सहायता योजना) अहिलेसम्म 58 वर्षसम्मका श्रमिकहरूको लागि जीवनरेखा रहेको छ। तर, यो उमेर सीमा नाघेपछि उनीहरू कुनै पनि लाभबाट वञ्चित हुन्छन् भनी जनाकारी गराएका छन्‌।
यसको परिप्रेक्ष्यमा जीटीए प्रमुख अनित थापाले चिया उद्योगमा आफ्नो जीवन समर्पित गरेका, प्रायः चुनौतीपूर्ण अवस्थामा काम गरेका यी बगान श्रमिकहरूलाई पेन्सन लाभ विस्तार गर्नुहुन् अनुरोध गरेका छन्। धेरै श्रमिकहरूले दशकौंसम्म चिया उद्योगको वृद्धि र समृद्धिमा योगदान गरेका छन्, तर वृद्धावस्थामा उनीहरू कुनै सुरक्षाघेरा बिना नै छोडिन्छन। भन्दै उनले सरकारलाई अनुरोध गर्दै मांग गरेका‌ छन् कि यी श्रमिकहरूलाई गरिमापूर्ण र सुरक्षित आय प्रदान गर्ने एक पेन्सन योजना कार्यान्वयन गर्न विचार गरुन्, जसले उनीहरूको र उनीहरूका परिवारहरूको कल्याण सुनिश्चित गर्न सकोस्। यो सामाजिक सुरक्षातर्फ एक महत्वपूर्ण कदम हुनेछ साथै राज्यको अर्थतन्त्रमा उनीहरूले गरेको अमूल्य योगदानको पहिचान पनि हुनेछ। अनित थापाले एक विज्ञप्ति जारी गर्दै भने, चिया श्रमिकहरुको हितको निम्ति कार्य गर्नु मेरो व्यवस्था साथै बिजीपीएम पार्टी कटिबद्ध रहेको आफ्नो प्रतिबद्धता जनाउन चाहान्छु। जीटीए सभाका डेपुटी च्यरम्यान राजेश चौहानले मन्त्रीलाई भेट गरी मेरो अनुरोध पत्र चढाएका थिए। मन्त्रीले सकारात्मक विचार राख्नुभएको राजेश चौहानले बताएका छन्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement