दार्जिलिङ: माघे सङ्क्रान्तिको पावन अवसरमा आज सामाजिक संजाल मार्फत सांसद राजु विष्टले दार्जिलिङ हिल्स, तराई र डुवर्ससहित सम्पूर्ण देशवासीहरूलाई हार्दिक शुभकामना तथा मंगलकामना व्यक्त गरे।
सांसद विष्टले संजालमा जनाए यो पुण्य पर्व सूर्यदेवको उत्तरायण प्रवेशको प्रतीक हो, जसले जीवनमा नयाँ ऊर्जा, सकारात्मकता र समृद्धिको सन्देश दिन्छ। यस पर्वले प्रकृतिप्रति कृतज्ञता, सामाजिक सौहार्द र परम्परागत मूल्यहरूलाई अझ सुदृढ बनाउँछ।
यसरी नै यो शुभ अवसरले हामी सबैको जीवनमा स्वास्थ्य, सुख, शान्ति र उन्नति ल्याओस् भन्ने सांसदले कामना गरे।
सांसदले तिलगुलको मिठासले हामी सबैका सम्बन्धहरूमा मधुरता फैलाओस् र आशा तथा उल्लासका पतङ्गहरूले हाम्रा आकांक्षाहरूलाई नयाँ उचाइसम्म पुर्याओस् र यस पावन पर्वमा एकता, सद्भाव र दृढ संकल्पका साथ एक सशक्त, समृद्ध तथा सांस्कृतिक रूपमा गौरवशाली भारत निर्माणतर्फ अघि बढौँ भनि अपिल गरे।









