राजकोट: कच्छ तथा सौराष्ट्र क्षेत्र राजकोट, गुजरातमा भाइब्रेन्ट गुजरात क्षेत्रीय सम्मेलन अवधि ११ जनवरी २०२६ को दिन रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक श्री मुकेश डी. अम्बानीले सम्बोधन गरे।
उनले आफ्नो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, मुख्यमन्त्री भुपेन्द्र पटेल, उपमुख्यमन्त्री हर्ष संघवीजी, अतिथिगण, उद्योग जगतका अग्रणी व्यक्तित्वहरू तथा प्रिय मित्रहररुलाई समेट्दै प्रधानमन्त्रीले सोमनाथमा गरेको प्रार्थनाबाट निस्किएको सकारात्मक तरङ्गहरू आज सम्पूर्ण गुजरात र भारतभरि गुञ्जिरहेका छन् भने।
भाइब्रेन्ट गुजरात क्षेत्रीय शिखर सम्मेलनमा व्यक्तिगत रूपमा उपस्थित भई सौराष्ट्र र कच्छलाई महान् सम्मान प्रदान गरेकोमा प्रधानमन्त्रीलाई मुकेश अम्बानीले हार्दिक बधाई दिए।
गान्धीनगरमा २० वर्षसम्म आयोजित भाइब्रेन्ट गुजरातपछि, ऐतिहासिक शहर राजकोटमा पहिलो क्षेत्रीय भाइब्रेन्ट गुजरात सम्मेलनमा सहभागी हुन पाउनु अम्बानीको लागि गौरवको विषय बन्यो। उनले यो सम्मेलन सौराष्ट्रको बहुआयामिक विकासका लागि वास्तविक ‘फोर्स मल्टिप्लायर’ सिद्ध हुनेछ भने। मुकेश अम्बानीले अघि भने-” म राजकोटलाई सलाम गर्छु, गुजरातका शहरहरूमध्ये साँचो अर्थमा राजा, शहरहरूको राजा। म सौराष्ट्रको पवित्र माटोलाई नमन गर्छु, किनकि मेरा मेरा पूज्य पिता श्री धीरुभाइ अम्बानी सौराष्ट्रको धरतीका सुपुत्र हुनुहुन्थ्यो। उहाँको जन्म यहीँ चोरवाडमा भएको थियो।”
प्रधानमन्त्रीले भारतलाई यसको सभ्यतागत आत्मविश्वास पुनः प्रदान गरेका छन् भनि मुकेश अम्बानीले स्वतन्त्र भारतको इतिहासमा आज जस्तो आशा,आत्मविश्वास र ऊर्जा कहिल्यै नदेखेको बताए। उनले प्रधानमन्त्रीको दृष्टिले भारतको आगामी पचास वर्षभन्दा बढीको यात्रालाई पुनः आकार दिएको छ भने।
उनले अघि भने “इतिहासले लेख्नेछ “मोदी युग त्यही समय हो जब भारत सम्भावनाबाट प्रदर्शनतर्फ,आकांक्षाबाट कार्यतर्फ, अनुयायीबाट विश्व शक्ति बन्ने तर्फ गयो।
अम्बानीले रिलायन्सका लागि गुजरात केवल एउटा स्थान मात्र नरहेर गुजरात गुजरातीहरुको शरीर, हृदय र आत्मा हो भने साथै रिलायन्स एक गुजराती कम्पनी हो भनि जनाए।
आज उनले सबै सामु पाँच दृढ प्रतिबद्धता प्रस्तुत गरे:
पहिलो: अभूतपूर्व स्तरको लगानी:
रिलायन्स पहिले नै गुजरातको सबैभन्दा ठूलो लगानीकर्ता हो।
गत पाँच वर्षमा रिलायन्सले ₹३.५ लाख करोडभन्दा बढी लगानी गरेको छ।
आज अम्बानीले खुशीका साथ घोषणा गरे कि आगामी पाँच वर्षमा यसलाई दोब्बर गरी ₹७ लाख करोड लगानी गरिनेछ जसले रोजगारी, जीविकोपार्जन र प्रत्येक गुजराती तथा प्रत्येक भारतीयका लागि थप सम्पत्ति सिर्जना गर्नेछ।
दोस्रो: स्वच्छ ऊर्जामा र हरित सामग्रीमा विश्व नेतृत्व:
जामनगरमा रिलायन्सले विश्वकै सबैभन्दा ठूलो एकीकृत स्वच्छ ऊर्जा इकोसिस्टम निर्माण गरिरहेको छ। सोलार, ब्याट्री ऊर्जा भण्डारण, हरित हाइड्रोजन, हरित मल, दिगो विमान इन्धन तथा समुद्री इन्धन, र उन्नत सामग्रीसम्म फैलिएको। यी केवल भविष्यका उद्योग मात्र होइन भारतको भोलिका समृद्ध आधारशिला हुन्।
एक समय सबैभन्दा ठूलो हाइड्रोकार्बन ऊर्जा निर्यातकर्ता रहेको जामनगर आगामी वर्षहरूमा गुजरातबाट भारतको सबैभन्दा ठूलो हरित ऊर्जा तथा सामग्री निर्यातकर्ता बन्नेछ।
तेस्रो: कच्छलाई विश्वव्यापी स्वच्छ ऊर्जा केन्द्रमा रूपान्तरण:
विश्वकै ठूला परियोजनामध्ये पर्ने रिलायन्सको बहु–गिगावाट, युटिलिटी–स्तरको सोलार परियोजनाले उन्नत भण्डारण र आधुनिक ग्रिड एकीकरणमार्फत चौबीसै घण्टा स्वच्छ ऊर्जा उपलब्ध गराउनेछ, जसले भारतको हरित भविष्यलाई शक्ति दिनेछ र नवीकरणीय ऊर्जामा गुजरातको नेतृत्वलाई थप सुदृढ बनाउनेछ।
चौथो: गुजरातलाई भारतको कृत्रिम बुद्धिमत्ता (एआई) अग्रदूत बनाउने:
एक मात्र लक्ष्यसहित: प्रत्येक भारतीयका लागि किफायती एआई उपलब्ध गराउने उद्देश्यले जामनगरमा रिलायन्सले भारतको सबैभन्दा ठूलो एआई तयार डाटा सेन्टर निर्माण गर्दैछ।
जियोले ‘पिपुल–फर्स्ट’ इण्टेलिजेन्स प्लेटफर्म सुरु गर्नेछ।भारतमा बनेको, भारतका लागि र विश्वका लागि जसले गुजरातबाट सुरु गर्दै प्रत्येक नागरिकलाई आफ्नै भाषामा, आफ्नै उपकरणमा, हरेक दिन एआई सेवामा पहुँच दिलाउनेछ, ताकि उनीहरू अझ सक्षम र उत्पादनशील बन्न सकून्।
पाँचौँ: भारतको ओलम्पिक आकांक्षा र सामाजिक प्रगतिमा साझेदारी:
रिलायन्स फाउन्डेशन २०३६ ओलम्पिक अहमदाबादमा ल्याउने प्रधानमन्त्रीको दृष्टिलाई साकार पार्न पूर्ण रूपमा तयार छ।
ठोस कदमस्वरूप, रिलायन्स गुजरात सरकारसँग साझेदारी गरी नरनपुरास्थित वीर सावरकर बहु–खेलकुद परिसरको व्यवस्थापन गर्नेछ जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरू आयोजना गर्ने र भारतका भावी च्याम्पियनहरूलाई प्रशिक्षण दिने केन्द्रको रूपमा काम गर्नेछ।
अन्तमा मुकेश अम्बानीले आफ्नो सम्बोधनमा रिलायन्सले सौराष्ट्रको जामनगरमा विश्वस्तरीय अस्पताल स्थापना गर्दै गरेको र शैक्षिक पूर्वाधारलाई बहुगुणा विस्तार गरेको बारेमा प्रकाश पारे र सौराष्ट्र र कच्छबाट उद्योगजगतका तर्फबाट प्रधानमन्त्रीले देखाएको दिशामा सहभागी हुन पाउँदा अत्यन्त खुशी रहेको व्यक गरे।









