काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो।
त्यस्तै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि कारबाही गरिएको छ। यससँगै कांग्रेस विभाजन भएको छ।








