प्रधानमन्त्रीद्वारा प्रशान्त तामाङ प्रति शोक समवेदना प्रकट: सांसद विष्ट

FB_IMG_1768324788251

दार्जिलिङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले सामाजिक संजाल मार्फत प्रधानमन्त्री नरेन्द्र मोदीको संवेदनशीलता र सहृदयताका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै प्रधानमन्त्रीले स्वर्गीय प्रशान्त तामाङको शोकसन्तप्त परिवारप्रति व्यक्तिगत रूपमा समवेदना प्रकट गरेको उल्लेख गरे।
सांसद विष्टले जनाए- प्रशान्तलाई सम्झँदै प्रधानमन्त्रीले भनेका छन्- “आफ्नो आत्मालाई छुने गायन र उत्कृष्ट अभिनय मार्फत प्रशान्त तामाङले मनोरञ्जन जगतमा आफ्नै पहिचान स्थापित गरे। दृढ संकल्प र अपार प्रतिभाका प्रतीक उनले देशभर करोडौँ हृदय छोएको छ। प्रशान्त तामाङ ती अनगिन्ती मानिसहरूका लागि प्रेरणास्रोत हुन, जसले उनको जीवनकथामा आफ्ना आशा–आकांक्षा देख्छन्। उनको जीवन यात्रा युवाहरूलाई आफ्ना सपनामा विश्वास गर्न र ती पूरा गर्न कडा मेहनत गर्न प्रेरित गर्नेछ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement