सिलगढी: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टले चम्पासारीस्थित बाबुबासा क्षेत्रमा दिवंगत भुषण दाहालको निवासमा पुगेर शोक-सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरे।
सामाजिक संजाल मार्फत सांसदले जनाए अनुसार स्व.दाहालको आफ्नो आमाको निधन भएको ४५ दिन नबित्दै दाहाल स्वयंको पनि निधन भयो।
सांसदले यो घटनालाई अत्यन्तै दुःखद र पीडादायी बताए साथै स्व.भुषण एक सम्मानित समाजसेवी रहेको र उनले भारतीय जनता पार्टी (भाजपा) चम्पासारी मण्डल कमिटीका पूर्व उपाध्यक्षको रूपमा पनि सेवा पुर्याएको अनि दाहाल आफ्नो समर्पण, अनुशासन र सामाजिक सेवाप्रतिको प्रतिबद्धताका लागि परिचित रहेको बताए साथै दाहालले राजनीतिक मञ्चलाई यस क्षेत्रका जनताको कल्याणका लागि मात्रै सदुपयोग गरेका थिए भनि जनाए।

अन्तमा यस गहिरो दुःखको घडीमा शोकसन्तप्त परिवारप्रति सांसदले हार्दिक समवेदना व्यक्त गरे र ईश्वरसँग परिवारलाई धैर्य, शक्ति र साहस प्रदान गरून् भनी प्रार्थना गरे।








