हर्षवर्धन श्रृंगलाले अग्निमित्रा पाललाई भाजपा राज्य समिति उपाध्यक्ष चयन भएकोमा बधाई दिए

1767872175683

कोलकाता: पश्चिम बंगाल राज्यका राज्यसभा सांसद हर्षवर्धन श्रृंगलाले श्रीमती अग्निमित्रा पॉल पश्चिम बंगाल भारतीय जनता पार्टी (भाजपा) राज्य समिति उपाध्यक्षको रुपमा नियुक्ति भएको हुँदा उनलाई सामाजिक संजाल मार्फत हार्दिक बधाई टक्राएका छन्।
सामाजिक संजाल मार्फत सांसदले श्रीमती पालको विचारमा स्पष्टता, निर्भीक अभिव्यक्ति र जनसम्पर्कमा गहिरो समझका लागि परिचित रहेको जनाउँदै पालले यस महत्वपूर्ण भूमिकामा दृढता र ऊर्जाद्वारा योगदान पुर्‍याउने दृढ विस्वास गरे। उनले महिलाका आवाजलाई अघि बढाउँदै राज्यभर संगठनलाई सशक्त बनाउने यात्रामा श्रीमती अग्निमित्रा पाललाई सफल र प्रभावकारी भविष्यको शुभकामना दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement