नक्सलबारी खटाल बस्तीमा राज्यसभा सांसद हर्षवर्धन श्रृंगला

IMG-20260107-WA0058

नक्सलबारी: हिजो मात्रै राज्यसभा सांसद हर्षवर्धन श्रृंगला नक्सलबारीको खाटाल बस्ती पुगेर भैंसिहाटी प्राथमिक विद्यालयमा दार्जिलिङ वेलफेयर सोसाइटी (डीडब्ल्यूएस) को तर्फबाट एक कम्प्युटर दान गरिएको सामाजिक संजाल मार्फत जनाए साथै स्थानीय बासिन्दा र बीजेपी पार्टीका कार्यकर्ताहरूसँग भेटघाट पनि गरेको बताए।
विद्यालयमा विद्यार्थीहरूको संख्या राम्रो भए पनि त्यहाँ कुनै कम्प्युटर सुविधा थिएन। श्रृंगलाले बालबालिकालाई सानै उमेरदेखि प्रविधिसँग परिचित गराउनु अत्यन्त आवश्यक भएको कुरा औंल्याए र युवा तथा शिक्षाप्रतिको जिम्मेवारीको रूपमा डीडब्ल्यूएसले यो पहल गरेको जानकारी दिए।


विद्यालयकी शिक्षिका सुसन सुब्बाले यसबारे जनाइन कि यस पहलका कारण सरकारी विद्यालयका विद्यार्थीहरूले पनि निजी विद्यालयमा जस्तो कम्प्युटर शिक्षा पाउने अवसर पाउनेछन् जसले उनीहरूको सिकाइको अनुभवलाई धेरै नै समृद्ध बनाउनेछ।

About Author

Advertisement