ज्योतिष राघबेन्द्र
मानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने बताइन्छ। कुन बालक कुन बार र समयमा जन्मेका हुन्, उनीहरूको उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरूको भनाइ छ। त्यसो त हरेक बारको आ–आफ्नै महत्व रहेको हुन्छ। आउनुहोस् यहाँ चर्चा गरौ बुधबार जन्मने व्यक्तिहरूका बारेमा। बुधबार जन्मिने व्यक्तिहरु शान्त, विदुषी र व्यवसायी दिमागका हुन्छन्। यिनीहरू सफा र स्वच्छ विचारधाराका मालिक हुन्छन्।
बुधबार जन्मिएका मानिस नयाँ-नयाँ कुराहरू जान्न निकै उत्सुक हुन्छन्। साथ साथै उनीहरू सन्तुष्ट स्वभावका पनि हुन्छन्।
बुधबार जन्मिएका व्यक्ति विश्वासिला र अरुले दिएका धोका नपचाउने खालका हुन्छन्। सकारात्मक सोचसँगै जीवनमा अघि बढ्ने स्वभाव यो बार जन्मिएका मानिसमा हुन्छ। हतपत नरिसाउने तर रिसाएमा फर्किन समय लाग्ने स्वभाव यो बार जन्मिएको मानिसमा पाइन्छ।
बुधबार जन्मिएका व्यक्तिहरूको जीवनमा योजनाहरूको कुनै स्थान नभए पनि निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन्। यो बार जन्मने व्यक्तिहरू नयाँ–नयाँ कुराहरू जान्न रुचाउँछन्। यो बार जन्मने मानिसहरूको कुरा गर्ने तरिका निकै प्रभावशाली हुन्छ।
सकारात्मक सोचसँगै जीवनमा अघि बढ्ने खालका निकै सफलता हात पार्ने खालका हुन्छन्। यो बार जन्मने व्यक्तिहरू खर्चिलो स्वाभावको हुन्छन् र आफ्नो निर्णय आफैँ गर्ने खालका हुन्छन् । यो बार जन्मनेहरूको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने यिनीहरू आफ्नो पार्टनरको निकै हेरबिचार गर्ने खालका हुन्छन्। तीब्र बृद्दी हुने भएका कारण बुधबार जन्मिएका मानिसहरू प्रायः शैक्षिक क्षेत्रमा सफल देखिन्छन्।










