दार्जिलिङ: प्रधानमन्त्री नरेन्द्र मोदी र रेलमन्त्री अश्विनी वैष्णवको आशिर्वादमा दार्जिलिङ लोकसभा सांसद राजु विष्टले रंगापानी रेल ओभरब्रिजको भूमि–पूजन तथा शिलान्यास समारोहको आयोजना गर्नेछन्।
आज सांसदले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने, ‘संघीय सरकारले यस अत्यन्त आवश्यक परियोजनाका लागि १००% आर्थिक सहायता प्रदान गरिरहेको छ र यसका लागि ₹६९.७९ करोड रकम स्वीकृत गरिएको छ।
सांसदले रंगापानी तथा आसपासका क्षेत्रका सबै नागरिकलाई यस शुभ कार्यक्रममा उपस्थित रहन हार्दिक अनुरोध गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत ७ जनवरी २०२६, बिहान १०:३० बजे, रंगापानी रेल्वे क्रसिङमा सबैसँग भेट हुने आशा व्यक्त गरे।










