सिलगढी: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टले राघुकुल भवन, पंचकेलगुडी, खपरैल, दार्जिलिङमा भाजपा दार्जिलिङ जिल्ला बूथ समन्वयक बैठकको आयोजना गरे।
यस कार्यक्रममा दार्जिलिङ, कालिम्पोङ र कर्सियाङ गरी तीन महत्वपूर्ण पहाडी विधानसभा क्षेत्रका समर्पित कार्यकर्ताहरूले सक्रिय सहभागिता जनाए।
सांसदले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने, ‘पार्टीको जमीनी उपस्थिति र पहुँचलाई कसरी अझ मजबुत बनाउने भन्ने विषयमा छलफल गरियो। आगामी गतिविधिहरूका रणनीतिबारे पनि विचार-विमर्श गरियो र बूथ स्तरमै पार्टीको पहुँच विस्तार गर्न सुझावहरूको आदानप्रदान भयो।
विष्टले यस क्षेत्र र राष्ट्रको सेवामा निरन्तर लागिरहेका सबै कार्यकर्ताप्रति हार्दिक आभार व्यक्त गरे।
यस अवसरमा सांसदसँगै संजीव लामा- अध्यक्ष, भाजपा दार्जिलिङ; प्रदीप भण्डारी- राष्ट्रिय प्रवक्ता, भाजपा; तथा अन्य वरिष्ठ भाजपा जिल्ला नेताहरूको पनि उपस्थिती रहेको थियो।







