आईएसएलको तारिख आउँदो हप्तासम्म घोषणा गर्ने एआईएफएफ-को घोषणा

IMG-20260104-WA0071

नयाँ दिल्ली: अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-ले बताएअनुसार, इण्डियन सुपर लीग (आईएसएल)-को २०२५-२६ सीजनको शुरुवातको तारिख आउँदो हप्ता घोषणा गरिनेछ। यो घोषणा त्यस समन्वय समितिले रिपोर्ट सुम्पिएपछि गरिनेछ, जसलाई यस मामिलाको समीक्षाको निम्ति गठित गरिएको थियो। एआईएफएफ-ले शनिवार आपात समितिको बैठकपछि क्लबहरूले केही मुद्दा उठाए पनि शीर्ष स्तरीय लीगको आयोजन गरिने जानकारी दियो। एआईएफएफ-ले आईएसएलको शुरुवात १५ फरवरीदेखि गर्ने प्रस्ताव राख्ने सम्भावना रहेको छ। २०२५-२६ सीजनको शुरुवातमा विलम्ब पूर्व व्यावसायिक अधिकार धारक एफएसडीएलसँग मास्टर राइट्स एग्रीमेण्ट (एमआरए) ८ दिससम्बरमा समाप्त हुँदा भएको हो। एआईएफएफ-द्वारा जारी बयानमा भनिएको छ, एआईएफएफ-को आपात समितिले एआईएफएफ-आईएसएल समन्वय समितिद्वारा प्रस्तुत रिपोर्टमाथि विचार गऱ्यो अनि त्यसलाई संज्ञानमा लियो। समन्वय समितिसँग आफ्नो रिपोर्ट चाँड़ै एआईएफएफ सचिवालयमा सुम्पिने अनुरोध गरिएको छ, जसलाई विधिवत पालन गरिनेछ।

About Author

Advertisement