मुस्ताफिजुर रहमानलाई बाहिर गरिएपछि टी२० वर्ल्ड कपमा भारतमा म्याच नखेल्ने पक्षमा बंग्लादेश

IMG-20260104-WA0062

नयाँ दिल्ली: पेस बलर मुस्ताफिजुर रहमानलाई आईपीएलबाट बाहिर गरिएको विवाद गम्भीर हुँदै गएको छ। बंग्लादेश क्रिकेट बोर्ड (बीसीबी)-लाई देशको खेल मन्त्रालयले टी२० वर्ल्ड कपको म्याचहरू भारतको बद्ली श्रीलंकामा खेल्नको निम्ति माग गर्ने निर्देश दिएको छ। बंग्लादेशको खेल मन्त्रालयको भनाइअनुसार, मुस्ताफिजुरलाई बाहिर गरिएपछि खेलाड़ीहरूका सुरक्षालाई लिएर चिन्ता बढ़ेको छ। उल्लेखनीय छ, शनिवार भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले आईपीएल फ्रेञ्चाइजी कलकत्ता नाइट राइडर्स (केकेआर)-लाई मुस्ताफिजुर रहमानलाई टीमबाट रिलीज गर्ने निर्देश दिएको थियो। त्यसको केही समयपछि फ्रेञ्चाइजीले पनि बंग्लादेशका पेस बलरलाई टीमबाट बाहिर गरेको थियो। केकेआर-ले गत महिना भएको मिनी लिलामीमा मुस्ताफिजुरलाई ९.२० करोड़ रुपियाँमा खरीद गरेको थियो। बीसीबी-का अध्यक्ष तथा बंग्लादेशका पूर्व कप्तान अमीनुल इस्लाम बुलबुलले यस घटनाक्रममाथि भएको आपातकालीन बोर्ड बैठकमा कुनै पनि सार्वजनिक टिप्पणीदेखि आफूलाई टाढ़ा राखे। यसबीच बंग्लादेशको अन्तरिम सरकारको खेल मन्त्री आसिफ नजरुलले चाहिँ बीसीबी-लाई जय शाहको नेतृत्वमा रहने आईसीसीसँग बंग्लादेशको ४ वटा लीग म्याच श्रीलंकामा स्थानान्तरित गर्नु भन्ने निर्देश दिएको छ। बंग्लादेशले आफ्नो ४ वटा लीग म्याचमा ३ वटा कलकत्ता र एउटा मुम्बईमा खेल्नु छ।
नजरुलले सोशल मीडिया पोस्टमा भनेका छन्, खेल मन्त्रालयको प्रभारी सल्लाहकारको रूपमा मैले क्रिकेट नियन्त्रण बोर्डलाई पूरा मामिलालाई लिखित रूपमा प्रस्तुत गर्ने अनि आईसीसीलाई स्पष्ट गर्ने निर्देश दिएको छु। कुनै बंग्लादेशी क्रिकेटरले अनुबन्धमा रहेर पनि भारतमा खेल्न सक्दैनन् भने बंग्लादेशको राष्ट्रिय टीम वर्ल्ड कप खेल्न भारत यात्रालाई सुरक्षित मान्न सक्दैन भन्ने बोर्डले स्पष्ट गर्नु पर्नेछ। मैले बोर्डलाई बंग्लादेशको वर्ल्ड कपका म्याचहरू श्रीलंकामा आयोजित गरियोस् भनी औपचारिक अनुरोध गर्ने निर्देश दिएको छु। यसबीच टुर्नामेण्ट शुरु हुन अहिले एक महिना मात्र समय रहेको हुनाले कार्यक्रममा फेरबदलको कुनै सम्भावना नरहेको बीसीसीआई-ले पनि स्पष्ट गरेको छ। बोर्डका एकजना वरिष्ठ अधिकारीले भने, तपाईं कसैको मनमर्जीमा खेलको प्रारूप बद्लिन सक्नुहुन्न। यो एउटा ठूलो समस्या हो। विपक्षी टीमहरू बारे पनि सोच्नु पर्छ। उनीहरूका हवाई टिकटदेखि लिएर होटल बुकिंगसम्म. रहन्छ। यसको साथमा हरेक दिन ३-३ वटा म्याच रहन्छ। प्रसारण दल पनि रहन्छ। यसैकारण भन्नु सजिलो र गरेर देखाउनु मुश्किल छ। भारतको चीरप्रतिद्वन्द्वी पाकिस्तानले आफ्नो जम्मै म्याच श्रीलंकामा खेल्नेछ। भारत र बंग्लादेशबीच गत केही समयदेखि द्विपक्षीय सम्बन्ध तनाउपूर्ण रहेको छ। यसबीच बंग्लादेशको अन्तरिम सरकारको खेल मन्त्री आसिफ नजरुलले सूचना एवम् प्रसारण मन्त्रीसँग देशमा आईपीएलको प्रसारण निलम्बित गर्ने अनुरोध गरेका छन्।

About Author

Advertisement