अफगानिस्तानद्वारा टी२० वर्ल्ड कपको निम्ति १५ सदस्यीय टीमको घोषणा

IMG-20251231-WA0088

नयाँ दिल्ली: अफगानिस्तान क्रिकेट बोर्डले ७ फरवरीदेखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी२० वर्ल्ड कपको निम्ति १५ सदस्यीय टीमको घोषणा गऱ्यो। राशिद खानको कप्तानीमा रहने यस टीममा अनुभवी अलराउण्डर गुलबदीन नईब र दाहिने हातका पेस बलर नवीन-उल-हक फर्किएका छन्। यी दुवै खेलाड़ीको काँधको चोट ठीक भइसकेको छ। देब्रे हातका मीडअर्डर ब्याटर शाहिद उल्लाह कमाल र विकेटकीपर-ब्याटर मोहम्मद इशाकले आफ्नो स्थान कायम राखेका छन् जबकि युवा पेस बलर अब्दुल्ला अहमदजईलाई पनि मुख्य टीममा स्थान प्राप्त भएको छ। हालै बंग्लादेशविरुद्ध सीरीजबाट बाहिर रहने अनि जिम्बाब्वेविरुद्ध केवल अन्तिम टी२० म्याच खेल्ने फजल हक फारुकीलाई पनि वेष्ट इण्डिजविरुद्ध सीरीज र वर्ल्ड कप दुवैको निम्ति १५ सदस्यीय टीममा सामेल गरिएको छ। अफगानिस्तानले टी२० वर्ल्ड कप अघि १९-देखि २२ जनवरीसम्म यूएई-मा वेष्ट इण्डिजविरुद्ध ३ वटा म्याचमा टी२० इण्टरनेशनल सीरीजमा हिस्सा लिनेछ। अफगानिस्तान टी20 वर्ल्ड कपको ग्रुप डी-मा न्यूजील्याण्ड, दक्षिण अफ्रिका, यूएई र क्यानाडासँग रहेको छ। अफगानिस्तानको पहिलो म्याच ८ फरवरीमा न्यूजील्याण्डविरुद्ध रहेको छ।
वेष्ट इण्डिजविरुद्ध सीरीज र टी20 वर्ल्ड कपको निम्ति अफगानिस्तानको टीम यसप्रकार रहेको छः राशिद खान (कप्तान), इब्राहिम जादरान (उपकप्तान), रहमानुल्लाह गुरबाज (विकेटकीपर), मोहम्मद इशाक (विकेटकीपर), सेदिकुल्लाह अटल, दरवेश रसूली, शाहिदुल्लाह कमाल, अजमतुल्लाह ओमरजई, गुलबदीन नईब, मोहम्मद नबी, नूर अहमद, मुजीब उर रहमान, नवीन उल हक, फजलहक फारुकी, अब्दुल्लाह अहमदजई।
रिजर्वः एएम गजनफर, एजाज अहमदजई र जिया उर रहमान शरीफी।

About Author

Advertisement