पोषण मार्गन : कुपोषण विरुद्धको लडाईमा रूपान्तरणकारी पहल

00-Poshan-Tracker

इन्दीवर पाण्डे, सचिव, महिला एवं शिशु विकास मन्त्रालय, भारत सरकार

विशेष गरी देशका बालबालिका अनि महिलाहरू जस्ता अरक्षित वर्गमा कुपोषण निरन्तर चुनौती रहिआएको छ। विश्वकै सबैभन्दा खराब कुपोषणको सङ्ख्या भारतमा रहेको थियो। प्रथम राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण (एनएफएचएस), १९९२-९३ अनुसार, बाल-बालिकको स्वास्थ्य सूचकमा भारतको प्रदर्शनी सबैभन्दा खराब देशमध्ये एक रहेको थियो। महिला एवं शिशु विकास मन्त्रालयले एकिकृत शिशु विकास योजना (आइसीडीएस)सहित अनुपूरक पोषण कार्यक्रम, अति अरक्षित वर्गमा पर्ने ६ वर्षभन्दा कम उमेरका शिशु, गर्भवती महिला, स्तनपान गराउने महिलाका साथमा किशोरीहरूलाई स्वस्थकर अनुपूरक भोजन/पोषणयुक्त राशन प्रदान गर्दै योजनाबद्ध तरिकाले कुपोषणको भष्मासुरलाई सम्बोधित गर्ने निरन्तर प्रयास गर्दैआएको छ।

देशभरी साथमा आइसीडीएसअन्तर्गत आँगनबाडी केन्द्रहरूबाट सेवाको वितरणका साथमा कुपोषणसित सम्बन्धित तथ्याङ्क/अभिलेखको डिजिटिकरण गर्ने उद्देश्यका साथ पोषण मार्गन एप शुरु गरिएको थियो

लक्षित रूपमा कुपोषणको समस्यालाई सम्बोधित गर्न, पोषणका लागि प्रधानमन्त्रीको सर्वव्यापी योजना अर्थात् पोषण अभियान कुपोषण, नबढ्ने, रक्तहीनता, जन्ममा कम ओजन आदिलाई अभियानको रूपमा सम्बोधित गर्ने उद्देश्यका साथ सन् २०१८ मा शुभारम्भ गरिएको थियो। साझेदार मन्त्रालय अनि विभागहरूसँग सम्मिलन, समुदाय आधारित कार्यक्रमको माध्यमद्वारा आचार-व्यवहारमा परिवर्तनमाथि ध्यान दिनका साथै प्रभावी निगरानी सुनिश्चित गर्न प्रविधिको प्रयोग आदि यस अभियानको केन्द्रिय पक्ष रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वमा सरकारले सेवा वितरणको परिणाममा सुधार ल्याउन प्रविधिको शक्ति महत्त्वपूर्ण रहेको कुरामाति बल दिँदै आएको छ। यसै भावना अनुरूप, पोषण मार्गन अनुप्रयोग सन् २०२१ मा शुभारम्भ गरिएको थियो। देशभरी साथमा आइसीडीएसअन्तर्गत आँगनबाडी केन्द्रहरूबाट सेवाको वितरणका साथमा कुपोषणसित सम्बन्धित तथ्याङ्क/अभिलेखको डिजिटिकरण गर्ने उद्देश्यका साथ पोषण मार्गन एप शुरु गरिएको थियो, जसले वास्तविक समयमा निगरानीका अतिरिक्त लक्षित हस्तक्षेपका लागि नीतिगत पहललाई सक्षम बनाएको छ।

पोषण अभियानअन्तर्गत प्रथमपटक आँगनबाडी केन्द्र/कर्मीहरूलाई स्मार्टफोन प्रदान गरिएको छ। पोषण मार्गअन्तर्गत नबढ्ने, जिउ नलाग्ने, उमेर अनुसार ओजन नबढ्ने सम्बन्धमा गतिशील पहिचानका अतिरिक्त अन्तिम व्यक्तिसम्म पोषण सेवा वितरणमाथि नजर राख्नका लागि प्रविधिको उपयोग गरिँदैछ। देशभरीका १३.९ लाख सक्रिय आँगनबाडी केन्द्रहरूबाट ९.८ करोड जति लाभार्थीको तथ्याङ्क दैनिक रूपमा सङ्कलन गर्दै, मार्गन प्रणालीले वास्तविक समयभित्र सबै आँगनबाडी केन्द्र, आँगनबाडी कार्यकर्ता अनि लाभार्थीहरूलाई आँगनबाडी कर्मीको सेवा वितरणसहित परिभाषित सूचक अनुसार नजर राख्नका साथमा बालबालिका, गर्भवती अनि स्तनपान गराउने महिलाहरूको पूर्ण लाभार्थी प्रबन्धनलाई समर्थ बनाएको छ। यसका साथै पर्यवेक्षक अनि कार्यक्रम अधिकारीहरूलाई प्रगतिमाथि नजर राख्दै सेवा वितरणको आपूर्ति शृङ्खलामा देखिएका कमीहरू सल्टाउन वेब आधारित ड्यासबोर्डले सहयोग गर्दछ। वास्तविक समयमा निगरानीले केन्द्र, कार्यकर्ता अनि लाभार्थीहरूमाथि नजर राख्दै कार्यक्रमको प्रगतिबारे सर्वव्यापी सिंहावलोकन प्रस्तुत गर्दछ। यो हिन्दी र अङ्ग्रेजीबाहेक क्षेत्रीय भाषामा पनि उपलब्ध छ।

अन्तिम कोशसम्म सेवा वितरण सुनिश्चित गर्न मन्त्रालयले निरन्तर प्रयास गर्दैआएको छ। यसका लागि पोषण मार्गनमा पञ्जिकृत लाभार्थीहरूलाई आधारसँग जोड्ने काम गरिएको छ। यदि शिशुको आधार उपलब्ध नभए, आमाको आधार जोड्ने प्रावधान गरिएको छ। लाभार्थीहरूको आधार जोड्नाले अन्तिम कोशसम्म सेवा वितरणको निगरानी तन्त्र कायम रहनका साथै कुनै चुहावट नहुने र कीर्ते लाभार्थी सामेल नहुने सुनिश्चत हुँदछ। आजको मितिसम्म, ८२ प्रतिशत लाभार्थीको आधार जोड्ने काम सम्पन्न गरिसकिएको छ।

आँगनबाडी केन्द्रमा पञ्जिकृत प्रत्येक लाभार्थीको स्वास्थ्य अनि पोषण सूचकको सङ्कलनका साथ उत्तम अनि अरू बढी प्रभावी हस्तक्षेप पहललाई अप्रत्याशित नै मान्नसकिन्छ

यसका साथै पोषण मार्गनले स्थानान्तरण सुविधालाई समर्थ बनाउँदै आँगनबाडी सेवाको सर्वव्यापिकरण पनि सुगम बनाएको छ। मार्गन एपमा स्थानान्तरण मानकले लाभार्थीको अभिलेख एउटा आँगनबाडीदेखि अर्को आँगनवाडी केन्द्रमा निर्बाध स्थानान्तरण सुगम बनाउँदछ, चाहे त्यो राज्यभित्र होस् वा अन्य राज्यमा, जसले लाभार्थीलाई देशको कुनै पनि ठाउँबाट सेवा प्राप्त गर्न सहयोग गर्दछ। निर्णय लिनका साथै कार्यक्रमको स्वरूपमा फेरबदल गरी सेवालाई व्यापक रूप दिन तथ्याङ्क अनि प्रमाणका साथमा प्रतिक्रिया महत्त्वपूर्ण ठहर्दछ। पोषम मार्गन तथ्याङ्कको मार्गन तन्त्र मात्र नभएर यसले वास्तविक समयमा पोषण कार्यक्रम तथा सेवा वितरणको प्रभावशीलता अनि कौशलताको निगरानी गर्दछ। अन्य कार्यक्रमका औजार जस्तै स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको आरसीएच कार्यक्रमसँग यसको एकिकरणले लाभार्थीहरूको स्वास्थ्य अनि पोषण सूचकको सर्वव्यापी तस्वीर सुनिश्चित गर्नेछ।

पोषण मार्गन शुरु गरिएको १.५ वर्ष मात्र हुँदैछ। धेरै ठूलो परिमाणमा दैनन्दिन रूपमा १३ लाखभन्दा धेरै आँगनबाडी केन्द्रबाट तथ्याङ्क जुटाउँदै पोषणको परिणामको मूल्याङ्कन गर्नु तन्त्रमा स्थिरता आएपछि सम्भावना अरू व्यापक बन्नेछ। निःसन्देह नै विश्वको कुनै पनि देशमा यस परिमाणमा हस्तक्षेप कार्यक्रम कार्यान्वयन गरिएको छैन। हालसम्म, अल्पपोषणको तथ्याङ्क एनएफएचएसको प्रतिवेदन मार्फत् प्राप्त भइरहेको थियो, जुन सामयिक हुनका साथै केवल परिवारको नमूना आकार मात्र समेट्दछ। तथापि, आँगनबाडी केन्द्रमा पञ्जिकृत प्रत्येक लाभार्थीको स्वास्थ्य अनि पोषण सूचकको सङ्कलनका साथ उत्तम अनि अरू बढी प्रभावी हस्तक्षेप पहललाई अप्रत्याशित नै मान्नसकिन्छ। प्रविधिले मानिसहरूको जीवनमा परिवर्तन ल्याउने कुरामाथि प्रधानमन्त्रीले बल दिँदै आएका छन्। गरीबी उन्मूलनदेखि लिएर प्रक्रियाहरू सरल बनाउनका अतिरिक्त भ्रष्टाचारको अन्त्य अनि समुचित सेवाको वितरणमा प्रविधि सर्वव्यापी रहेको छ। यो मानव प्रगतिको सबैभन्दा महत्त्वपूर्ण औजार बन्नपुगेको छ।

भारतले आफ्नो बाल-बालिका अनि युवा जमात स्वस्थ हुनका साथै पूर्ण पोषित भए मात्र जनसाङ्ख्यिकी लाभांश अनि मानव पूँजीको लाभ उठाउन सक्नेछ। कुपोषण पीडित शिशुको मात्र समस्या नभएर यसले आर्थिक-सामाजिक समूहका साथमा परिवार अनि समाजमाथि पनि भार बढाउँदछ। शक्तिसम्पन्न अनि स्वस्थ जनसङ्ख्या निर्माण गर्नुपर्दा, सही पोषणका साथमा प्रविधिमा उपयुक्त प्रगतिले कुपोषणलाई उल्ट्याउनका साथै त्यसको दुष्प्रभावलाई उल्लेखनीय रूपमा घटाउन सक्दछ। सर्वव्यापी पोषण अनि समग्र स्वास्थ्यबारे जागरूकता फैलाएर, हामीले भारतका बाल-बालिका अनि महिलाहरूका लागि स्वस्थ भविष्य सुनिश्चित गरिरहेका छौं। पीआइबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *