खप्रैलमा आयोजित वण्डरल्यान्ड कर्निभल-२.० मा सांसद विष्टको भागीदारी

FB_IMG_1767017526084

सिलगढी: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले खप्रैलमा आयोजित प्रतिष्ठित रोटरी क्लब अफ सिलिगुडी ‘उमीद’ (आरआई डिस्ट्रिक्ट ३२४०, जोन सेभेन, क्लब आइडी:२२६४३०) द्वारा आयोजना गरिएको जीवन्त वण्डरल्यान्ड कर्निभल २.० को आफु भागीदार हुन पाउँदा अत्यन्त खुशी व्यक्त गरे।
उनले एक सामाजिक संजालमा भने -उत्कृष्टताको परम्परा निरन्तरता दिंदै, २५ देखि ३१ डिसेम्बर २०२५ सम्म चल्ने यो भव्य पर्वोत्सवले पुनः महिलाहरूको सशक्तिकरण र उनीहरूको अद्भुत प्रतिभा तथा सिर्जनशीलतामा प्रकाश पारेको छ। रोटरी इन्टरनेशनलको कालजयी मूलमन्त्र “सर्भिस एवोभ सेल्फ“ यस्ता पहलहरूबाट वास्तविक रूपमा अभिव्यक्त हुन्छ।
सांसदले समर्पित रोटरी सदस्यहरू, प्रायोजकहरू, कलाकारहरू र सबै सहभागीहरूलाई हार्दिक बधाई तथा शुभकामना टक्राए साथै आगामी वर्षहरूमा पनि यो कर्निभल अझ ठूलो र उज्यालो बन्दै जाओस् भन्ने कामना गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement