अंबुजा नियोटिया समूहलाई बटानगरस्थित ‘उस्सर’ परियोजना पुनर्जीवित गर्न एनसीएलटी को स्वीकृति

IMG-20251228-WA0068

कोलकाता: अंबुजा नियोटिया समूहअन्तर्गतको अम्बुजा हाउसिङ एण्ड अर्बन इन्फ्रास्ट्रक्चर कम्पनी लिमिटेड (एएचयुआइसीएल) ले बटानगरस्थित ‘उस्सर’ परियोजनालाई पुनर्जीवित गर्न राष्ट्रिय कम्पनी कानून अधिकरण (एनसीएलटी) बाट स्वीकृति प्राप्त गरेको छ। यो स्वीकृति दिवालिया तथा शोधन अक्षमता संहिता (आइबीसी) अन्तरगत ऋणी कम्पनी रिभरबैंक डेभलपर्स प्रा. लि. को अंशगत (पार्सल-वाइज्) समाधान प्रक्रियाको एक हिस्सा हो।एनसीएलटी को कोलकाता खण्डपीठले अनुमोदन गरेको समाधान योजनाअनुसार एएचयुआइसीएलले करिब ९.४ एकड क्षेत्रफलमा फैलिएको ‘उस्सर’ आवासीय परियोजना रहेको सम्पत्ति–खण्ड आफ्नो मातहत लिनेछ।
योजनाअन्तर्गत अम्बुजा निओटियाले अग्रिम रूपमा ३४ करोड रुपैयाँ तिर्नेछ, र अधिग्रहण केवल ‘उस्सर’ परियोजनासम्म सीमित रहनेछ।
यो समाधानले लामो समयदेखि रोकिएको आवासीय विकासलाई पुनर्जीवित गर्ने दिशामा महत्वपूर्ण प्रगति जनाउँछ। ‘उस्सर’ परियोजना करिब २२३.८ एकडमा फैलिएको ठूलो टाउनशिपको एक अंश हो। अंबुजा नियोटिया समूहले ‘उस्सर’ घरधनीहरूलाई आवास पूरा गरी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ, र रिभरबैंक डेभलपर्सको कुनै पनि देनदारिता (ल्याबलेटी) नलिएको स्पष्ट गरेको छ।
अंबुजा नियोटिया समूहका अध्यक्ष श्री हर्षवर्धन नियोटियाले भने: “यस स्वीकृतिले लामो समयदेखि जारी अनिश्चिततामा फसेको परियोजनामा स्पष्टता र स्थिरता ल्याएको छ। हाम्रो उद्देश्य ‘उस्सर’ परियोजनालाई जिम्मेवारीपूर्वक पुनर्जीवित गर्नु, र विशेषत: घरधनीहरूलाई ध्यानमा राख्दै सबै सरोकारवालासँग पारदर्शिता कायम गर्नु हो। हामी यसलाई विश्वास पुनर्स्थापित गर्दै सुव्यवस्थित आवासीय विकास उपलब्ध गराउने अवसरका रूपमा हेर्छौं।”
एनसीएलटीको स्वीकृति पछिसँगै, अंबुजा नियोटियाले नियामक अनुपालन, वित्तीय अनुशासन र समयमै कार्यान्वयनमा जोड दिँदै ‘उस्सर’ परियोजनाको संरचित पुनरुद्धार प्रक्रिया शुरु गर्नेछ।

About Author

Advertisement