बंगालका प्रमुख निर्वाचन अधिकृत मनोज अग्रवाललाई ‘वाइ-प्लस’ सुरक्षा

5120486-ani-20251228073408

नयाँ दिल्ली/कोलकाता: राज्यमा जारी विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रियालाई दृष्टिगत गर्दै केन्द्र सरकारले सम्भावित जोखिमको आकलनपछि पश्चिम बंगालका प्रमुख निर्वाचन अधिकृत (सीईओ) मनोज अग्रवाललाई सशस्त्र सुरक्षा प्रदान गरेको छ।
अधिकारीहरूका अनुसार, केन्द्रीय गृहमन्त्रालयले २६ डिसेम्बरमा जारी गरेको आदेशपछि अग्रवाललाई कोलकातामा केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) को ‘वाइ-प्लस श्रेणी’ सुरक्षा उपलब्ध गराइयो।
उनका व्यक्तिगत तथा आवासीय सुरक्षाका लागि सीआईएसएफको भीआईपी सुरक्षा विंगका ११–१२ जना सशस्त्र जवानहरूको टोली खटाइिएको छ र टोलीले जिम्मेवारी सम्हालेको छ। अधिकारीहरूले भनेअनुसार, पश्चिम बंगालमा मतदाता नामावलीको विशेष गहन पुनरावलोकन (एसआईआर) पछाडि केन्द्रीय एजेन्सीहरूबाट प्राप्त सम्भावित खतराबारेका सूचनाका कारण यो सुरक्षा व्यवस्था आवश्यक भयो।
सन् १९९० ब्याचका आईएएस अधिकारी मनोज अग्रवाल २०२६ का बंगाल विधानसभा निर्वाचनको नेतृत्व गर्नेछन् र जुलाई २०२६ मा अवकाश लिनेछन्।
सीईओमाथि तृणमूलको गम्भीर आरोप:
सत्तारूढ तृणमूल कंग्रेसले शनिबार निर्वाचन आयोग (ईसी)माथि २०२६ का पश्चिम बंगाल विधानसभा निर्वाचनअघि भारतीय जनता पार्टी (भाजपा) लाई सहयोग पुर्‍याउने उद्देश्यले एसआईआर प्रक्रियाअन्तर्गत लाखौँ वैध मतदाताको नाम मतदाता सूचीबाट हटाइएको आरोप लगायो। यस सम्बन्धमा पार्टीको एक प्रतिनिधिमण्डलले अग्रवाललाई ज्ञापन समेत बुझायो।
गौरतलब छ, तृणमूल कंग्रेसले मुख्य निर्वाचन अधिकारी मनोज अग्रवाललाई पटक-पटक निशाना बनाउँदै आएकाे छ र उनीमाथि विभिन्न गम्भीर आरोप लगाइँदै आएका छन्।

About Author

Advertisement