हैदराबाद: हैदराबाद प्रहरीले फिल्म ‘पुष्पा–२’ को प्रिमियरका क्रममा अभिनेता अल्लू अर्जुनलाई एक झलक हेर्न भेला भएको विशाल भीडका कारण मच्चिएको भगदडमा एक महिलाको मृत्यु भएको घटनासम्बन्धमा उनीसहित २३ जना विरुद्ध यहाँको अदालतमा आरोप–पत्र दर्ता गरेको छ। हालै दर्ता गरिएको आरोप–पत्रमा थिएटर व्यवस्थापनलाई मुख्य आरोपीका रूपमा नामाकिंत गरिएको छ, भने अर्जुनलाई आरोपी नम्बर–११ का रूपमा उल्लेख गरिएको छ।
‘पुष्पा–२’ को स्क्रिनिङका क्रममा एक महिलाको ज्यान गएको थियो:
४ डिसेम्बर २०२४ मा यहाँको संध्या थिएटरमा ‘पुष्पा–२’ को स्क्रिनिङ हुँदै गर्दा भएको भगदडमा ३५ वर्षीया एक महिलाको मृत्यु भयो र उनका आठ वर्षीय छोरा घाइते भए। यसपछि अल्लू अर्जुनलाई पक्राउ गरिएको थियो। प्रिमियरका दौरान अभिनेतालाई हेर्न आएका प्रशंसकहरूको भीड बढ्दै जाँदा भगदड मच्चिएको थियो।
मृतक महिलाको परिवारले उजुरी दर्ता गरेको थियो:
घटनापछि मृतक महिलाको परिवारले दर्ता गरेको उजुरीका आधारमा शहर पुलिसको चक्कडपल्ली पुलिस चौकीले भारतीय न्याय संहिता (बीएनएस) का विभिन्न दफाहरू अन्तर्गत अल्लू अर्जुन, उनकी सुरक्षा टोली तथा थिएटर व्यवस्थापनविरुद्ध मुद्दा दर्ता गरेको हो।










