नयाँ पार्टीबारे स्पिकर कडा

Kolkata: West Bengal legislative assembly Speaker Biman Banerjee addresses a press conference, in Kolkata on Dec 18, 2020. Banerjee on Friday refused to accept the resignation of Trinamool Congress lawmaker Suvendu Adhikari as it did not confirm to the provisions of the Constitution and the rules of the House. Banerjee further said that Adhikari has been asked to appear before him in person in his chamber on December 21 to make his submission with regard to the matter.(Photo: Kuntal Chakrabarty/IANS)

हुमायूँबाट सोधपुछ हुन सक्छ, स्पिकरले ‘तलब’ गर्ने संकेत दिए

कोलकाता: टीएमसीबाट निलम्बित मुर्शिदाबाद–भरतपुरका विधायक हुमायूँ कबिरद्वारा नयाँ राजनीतिक पार्टी गठन गरिएको विषयले राज्यको राजनीतिमा चर्चा शुरु भएको छ। यस विषयमा पश्चिम बंगाल विधानसभा अध्यक्ष विमान बन्द्योपाध्यायले स्पष्ट पारे कि हाललाई विधानसभा का आधिकारिक अभिलेखमा हुमायूँ कबिरलाई ‘निर्दल’ विधायककै रूपमा मानिएको छ। उनका अनुसार, हुमायूँ कबिर तृणमूल काङ्ग्रेसको टिकटमा विजयी भएका थिए, तर पार्टीले निलम्बन गरेपछि अहिले उनी स्वतन्त्र विधायकको हैसियतमा छन्।
स्पिकरले भने कि हुमायूँ कबिरले नयाँ पार्टी गठन गरेका छन्, र उक्त दलमा उनको भूमिका के हो भन्ने कुरा बुझ्नु जरुरी छ। आवश्यकता परे उनलाई यस विषयमा स्पष्टीकरणका लागि विधानसभा अध्यक्षको कक्षमा तलब गर्न सकिने उनले संकेत दिए। साथै, यस सम्बन्धमा औपचारिक सूचना नआएसम्म वा कुनै ठोस उजुरी नपरेसम्म उनको सदस्यताको स्थितिमा परिवर्तन नहुने पनि उनले प्रष्ट पारे।
गौरतलब छ, हुमायूँ कबिरले हालै ‘जनता विकास पार्टी’ गठनको घोषणा गर्दै २०२६ को विधानसभा चुनावमा २०९ सिटमा उम्मेदवार उतार्ने तथा राज्यको राजनीतिमा निर्णायक भूमिका खेल्ने दाबी गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement