गान्ताेक: मुख्यमन्त्री प्रेम सिंह तामाङ रान्गाङ–याङाङ निर्वाचन क्षेत्रअन्तर्गत मेङ्लीमा आयोजित पवित्र श्रीमद् भागवत महापुराणमा सहभागी बने। सामाजिक संजाल मार्फत मुख्यमन्त्रीले उल्लेख गरे कि यस सुअवसरमा सहभागी हुने सौभाग्य उनलाई प्राप्त भयो र यस शुभ अवसरमा उनले सिक्किम र सिक्किमेली जनताको शान्ति, समृद्धि र कल्याणका लागि हृदयपूर्वक प्रार्थना गरे।











