क्वालालम्पुर: मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचार मुद्दामा पद दुरुपयोग गरेको भन्दै दोषी ठहराइएको छ।
मनी लन्ड्रिङको २१ वटा आरोपमा पनि उनी दोषी पाइएका अन्ताराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। नजिब पहिले नै वान एमडीबी फन्डसँग सम्बन्धित अर्को मुद्दामा जेल सजाय भोगिरहेका छन्।
नजिब सन् २००९ देखि २०१८ सम्म मलेशियाका प्रधानमन्त्री थिए। सन् २०२० मा, उनलाई पदको दुरुपयोग लगायत धेरै मुद्दामा १२ वर्षको जेल सजाय सुनाइएको थियो। पछि जेल सजाय घटाएर ६ वर्ष गरियो तर नयाँ सजायपछि, सजाय बढ्ने सम्भावना रहेको समाचारमा उल्लेख छ।
उच्च न्यायालयले ७२ वर्षीय नजिबलाई पदको दुरुपयोगसँग सम्बन्धित चार आरोप र १ एमडीबी फन्डबाट ७०० मिलियन डलरभन्दा बढी आफ्नो निजी बैंक खातामा स्थानान्तरणसँग सम्बन्धित २१ वटा मुद्रा शुद्धिकरणको आरोपमा दोषी ठहर गरेको छ।
नजिबले भने भ्रष्टाचारलाई अस्वीकार गर्दै उक्त फन्ड साउदी अरेबियाबाट आएको राजनीतिक दान थियो भन्दै आएका छन्। आफूलाई व्यापारी लो ताएक झोको नेतृत्वमा रहेका वित्तदाताहरूले बहकाएका उनको तर्क छ।
न्यायाधीशले भने उनको दाबी विश्वास गर्न लायक नरहेको भन्दै उनको बचाउको तर्क स्वीकार गरेनन्।
नाजिब र लो बीच ‘घनिष्ठ सम्बन्ध’ देखिएको र घोटालामा प्रमुख भूमिका खेल्ने लोले वान एमडीबीमा नाजिबका लागि ‘प्रतिवादी, वाहक, मध्यस्थकर्ता र सहजकर्ता’ को भूमिका खेलेको प्रमाणले पुष्टि गरेको बताइएको छ।l










