अपरेशन सिन्दूर’ का सबैभन्दा सनाे नायक सरवनलाई राष्ट्रिय बाल पुरस्कार

shravan-kumar-new-scaled-e1766762226416-1140x599

नयाँ दिल्ली: ‘अपरेशन सिन्दूर’ का सबैभन्दा कान्छा नायक सरवनलाई प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनलाई सम्मान गरेकी हुन्।
पञ्जाबको फिरोजपुर जिल्लाका १० वर्षीय सरवनले अपरेशन सिन्दूरका क्रममा सीमा क्षेत्रमा तैनाथ भारतीय सेनालाई पानी, दूध, चिया र लस्सी उपलब्ध गराउँदै साहस र सेवाभावको उदाहरण प्रस्तुत गरेका थिए। जोखिमपूर्ण परिस्थितिमा पनि उनले देखाएको निडरता र देशप्रेमको उच्च मूल्यांकन गर्दै उनलाई यो सम्मान प्रदान गरिएको हो।
सरवन हाल कक्षा ४ मा अध्ययनरत छन्। उनको योगदानले देशभर चर्चा पाएको थियो। प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार बालबालिकालाई साहस, समाजसेवा, नवप्रवर्तन, खेलकुद, विज्ञान र संस्कृतिजस्ता क्षेत्रमा उल्लेखनीय उपलब्धिका लागि प्रदान गरिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement