कोलकाता: पश्चिम बंगालमा आउँदो विधानसभा चुनाव ५ नजिकिँदै गर्दा भारतीय जनता पार्टीलाई अर्को झट्का लागेको छ। बङ्गाली चलचित्रकी अभिनेत्री पर्णो मित्राले भाजपा छाडेर सत्तारूढ तृणमूल कांग्रेसमा प्रवेश गरेकी छन्।
शुक्रबार कोलकातास्थित तृणमूल भवनमा राज्यकी वित्त मन्त्री तथा पार्टीकी वरिष्ठ नेता चन्द्रिमा भट्टाचार्यको उपस्थितिमा उनले पार्टीको सदस्यता ग्रहण गरिन्। यस क्रममा पर्णो मित्राले भाजपा प्रवेश गर्नु आफ्नो भूल भए5को बताइन्।
पत्रकारहरूसँग कुरा गर्दै उनले मुख्यमन्त्री ममता बनर्जीका विकासमूलक कार्य र जनहितकारी योजनाबाट प्रभावित भएर तृणमूल कांग्रेसमा सामेल भएको दाबी गरिन्।
उल्लेखनीय छ कि पर्णो मित्रा सन् २०२१ को विधानसभा चुनावअघि भाजपा प्रवेश गरेकी5 थिइन्, तर पार्टीभित्र उनी खासै सक्रिय देखिएकी थिइनन्। चुनावअघि उनको यो कदम बंगालको राजनीतिमा महत्त्वपूर्ण मानिएको छ।










