मदपानको मामिलामा खेलाड़ीहरूका समर्थन गरे ईंग्ल्याण्डका पूर्व कप्तान माइकल वनले

IMG-20251226-WA0007

मेलबर्न: एशेज सीरीज २०२५-२६-मा ईंग्ल्याण्डको टीम अहिले ३-०-ले पछि रहेको छ अनि टीमको प्रदर्शन आशा गरिएको भन्दा धेरै निम्न स्तरको रहेको छ। ब्याटिंगमा सबैभन्दा निराश गर्ने नामहरूमा बेन डकेट पनि सामेल छन्, जसले पहिलो ३ वटा टेस्ट म्याचमा २८ रनको सर्वोच्च स्कोर बनाएका छन्। यसबीच मैदान बाहिर ईंग्ल्याण्ड टीमको नोसा यात्रालाई लिएर पनि विवाद सृष्टि भएको छ, जहाँ ४ दिनको ब्रेकको अवधि खेलाड़ीहरूले अतिरिक्त मदपान गरेको आरोप रहेको छ। यस पूरा मामिलामा ईंग्ल्याण्डका पूर्व कप्तान माइकल वनले चाहिँ बेन डकेटको पक्षमा आवाज उठाएका छन्। वनको भनाइअनुसार, खेलाड़ीहरूका आलोचना छुट्टीको समय उनीहरूले के गर्छन् भन्ने कुरालाई लिएर नभएर मैदानमा उनीहरूका प्रदर्शनको आधारमा हुनु पर्छ। वनले भनेका छन्, म ईंग्ल्याण्ड टीमको आलोचना नोसामा उनीहरूका व्यवहारको निम्ति गर्ने छुइनँ। म उनीहरूको आलोचना मैदानमा प्रदर्शनको आधारमा गर्नेछु। मेरो निम्ति मैदानमा उनीहरूले कस्तो प्रदर्शन गरिरहेका छन् भन्ने कुरा महत्त्वपूर्ण हो। म केही युवा खेलाड़ीहरूमाथि औंली ठड़्याउने छुइनँ जसले छुट्टीका दिनहरूमा केही बियर पिए। मैले पनि ईंग्ल्याण्डको निम्ति खेल्दा छुट्टीको समयमा त्यही गरेको थिएँ। यसको साथमा वनले सानो सल्लाह पनि दिएका छन्। उनले भने, फरक यति नै छ किन घर कहिले फर्किनु पर्नेछ भन्ने मलाई थाहा हुन्थ्यो। बेन डकेटले यति कुरा चाहिँ सिक्नु पपर्नेछ। यसको साथमा वनले डकेटविरुद्ध कार्वाहीको मागलाई पनि खारेज गरेका छन्। उनले भने, हामीसँग जुन सबूत रहेको छ, त्यसको आधारमा बेन डकेट मात्र नभएर अन्य खेलाड़ीहरूलाई पनि झपार्न सकिँदैन। यो एउटा व्यापक मुद्दा हो। क्रिकेट आफैले ड्रिंगिक कल्चर बनाएको छ। ईंग्ल्याण्ड, अष्ट्रेलिया, न्यूजील्याण्ड, दक्षिण अफ्रिका र वेष्ट इण्डिजमा अहिले यही संस्कृति छ। तपाईंले युवा खेलाड़ीहरूलाई ३-४ दिनको छुट्टी दिनु भयो भनी उनीहरूले त्यही गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement