सुसासन दिवस र क्रिसमसको पावन अवसरमा सांसदद्वारा शुभकामना व्यक्त

FB_IMG_1766682205245

दार्जिलिङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले सुसासन दिवस तथा क्रिसमसको पावन अवसरमा दार्जिलिङ, तराई र डुवर्सका जनताप्रति सामाजिक संजाल मार्फत हार्दिक शुभकामना प्रकट गरे।
सामाजिक संजाल मार्फत उनले भने यो क्षेत्र र जनताको लागि भारतीय जनता पार्टी पारदर्शी शासन तथा समावेशी विकासप्रति प्रतिबद्ध छ। यस शुभ अवसरमा दार्जिलिङ, कुर्सियाङ र मिरिक पहाडी क्षेत्रका विभिन्न स्थानबाट ५०० भन्दा बढी व्यक्तिहरूले भारतीय जनता पार्टीमा सहभागी हुँदै आदरणीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वप्रति आफ्नो विश्वास पुनः व्यक्त गरेका छन्।
उनले पार्टीको मूल दर्शन ‘अन्त्योदय’ — समाजका सबैभन्दा पछाडि परेका वर्गको उत्थान तथा अन्तिम व्यक्तिसम्म सेवा पु¥याउने अभियान —लाई पुनः स्पष्ट पारे।
सांसदले भारतीय जनता पार्टी केवल एउटा राजनीतिक दल मात्र होइन, बरु सबल र विकसित भारत निर्माण गर्ने लक्ष्यले एकताबद्ध ठूलो परिवार हो भन्दै प्रधानमन्त्री मोदीद्वारा परिकल्पित “विकसित भारत”को दृष्टिप्रति विश्वास राखेकोमा जनतालाई धन्यवाद ज्ञापन गरे साथै दार्जिलिङ पहाड, तराई तथा डुवर्सका जनताका अधिकार र न्याय प्रधानमन्त्री मोदीजीको नेतृत्वमा अवश्य पूरा गरिनेछ भनी आश्वस्त गराए।
यस कार्यक्रममा भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा सहित पार्टीका अन्य वरिष्ठ जिल्ला नेताहरू पनि सहभागी रहेको कुरो सांसदले जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement