सिलगढी: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले सामाजिक संजाल मार्फत बताए कि “दार्जिलिङ सांसद खेल महोत्सव फुटबल टुर्नामेन्ट २०२५” मा यस निर्वाचन क्षेत्रका विभिन्न स्थानका युवाहरूले उत्साहपूर्ण सहभागिता जनाए।
रोमाञ्चक फाइनल खेलमा जुन दार्जिलिङ एमपी’स् ११ र एमएलए’स् ११बीच खेलिएको थियो, दार्जिलिङ एमपी’स् ११ टोलीले पेनाल्टी सुटआउटमा जित हासिल गरेको जानकारी बाँड्न पाउँदा आफु खुशी रहेको पनि सांसदले प्रकाश पारे।
आजको फाइनल खेल हेर्न हजारौँ दर्शकहरू उपस्थित थिए, जसले यस क्षेत्रमा यो सुन्दर खेलप्रतिको अपार प्रेम स्पष्ट रूपमा देखायो। कार्यक्रममा धेरै विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो जसमा भारतीय राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा प्रसिद्ध स्ट्राइकर भाइचुङ भुटिया पनि थिए।

“दार्जिलिङ सांसद खेल महोत्सव”लाई यति भव्य रूपमा सफल बनाउन योगदान पुर्याउने सबै महानुभाव, खेलाडी, प्रशिक्षक, दर्शक तथा स्वेच्छिक सेवामा जुटेका सबैप्रति सांसदले हृदयदेखि आभार व्यक्त गरे।











