दार्जिलिङ खेल महोत्सव-२०२५ फुटबल फाइनलमा सर्वसाधारणलाई सांसदको आमन्त्रण

Screenshot_20251224_214815_Facebook

सिलगढी: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टले “दार्जिलिङ सांसद खेल महोत्सव – २०२५” को समापन समारोह तथा सांसद फुटबल टुर्नामेन्टको फाइनलमा सहभागी हुन सर्व जनसाधारणलाई हार्दिक आमन्त्रण गरे।
सामाजिक संजाल मार्फत विष्टले माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी यस कार्यक्रममा भर्चुअल रूपमा सहभागी हुने र खेलाडीहरूसँग अन्तरक्रिया गर्ने बताए। साथै मिति: २५ डिसेम्बर २०२५, समय: बिहान ९:०० बजेदेखि स्थान: मिलन मोड फुटबल ग्राउन्ड, सिलिगुडीमा कार्यक्रम सम्पन्न हुने विवरण प्रस्तुत गरे साथै उनले भने- सर्व जनसाधारणको उपस्थितिले हाम्रा फुटबल खेलाडीहरू साथै अन्य खेलाडीहरूलाई उनीहरूको उत्कृष्ट क्षमता अनुसार खेल्न ऊर्जा र प्रेरणा प्रदान गर्नेछ।
अन्तमा सांसदले सर्व जनसाधारण समक्ष आफ्ना परिवार र मित्रहरूलाई समेत यस भव्य समापन समारोहमा सहभागी हुन प्रोत्साहित गर्न निवेदन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement