अर्थमन्त्रीले आज विराटनगरमा विराट व्यापार मेलाको उद्घाटन गर्ने

IMG-20251224-WA0040

विराटनगर: आज विराटनगर वार्ड १ स्थित शान्ति चोकमा उद्घाटन हुने विराट व्यापार मेलाको तयारी पूरा भएको छ। आयोजक समिति, मोरङ उद्योग व्यापार संघले मंगलबार एक्स्पो परिसरमा पत्रकार सम्मेलन गर्दै नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले मेलाको उद्घाटन गर्ने घोषणा गरेको छ। संघका अध्यक्ष अनुपम राठी र एक्स्पो संयोजक अमित सारडाले अन्तर्राष्ट्रिय व्यापार मेलाले कोशी क्षेत्रमा मात्र नभई देशभर उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र ऊर्जा लगायत विभिन्न क्षेत्रका उत्पादनहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनीहरूले व्यापार मेलाले कोशी क्षेत्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनमा भूमिका खेल्ने पनि बताए। पत्रकार सम्मेलनको सञ्चालन संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले गरेका थिए। यस अवसरमा पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष नवीन रिजाल, पूर्व अध्यक्ष प्रकाश मुडाण्डा, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, विराट व्यापार संघका अध्यक्ष अंशु बन्जारा, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरौला, पर्यटक भाविश श्रेष्ठ, पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला कार्की लगायत विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement