गान्तोक: सिक्किम राज्यको वरिष्ठ टोली ८७औँ सिनियर नेशनल ब्याडमिन्टन च्याम्पियनशिप २०२५ मा भाग लिन प्रस्थान गरेको छ। ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमले गत शुक्रबार एक समारोह आयोजना गर्दै राज्य टोलीलाई शुभकामना दिँदै प्रस्थान गराएको हो।
प्रतिष्ठित प्रतियोगिता २२–२८ डिसेम्बर, २०२५ सम्म आन्ध्र प्रदेशको विजयवाडामा आयोजना भइरहेको छ। यसमा देशभरिबाट उत्कृष्ट ब्याडमिन्टन खेलाडीहरूले भाग लिनेछन्। प्रतियोगिताको आयोजन ब्याडमिन्टन एसोसिएशन अफ् इण्डियाले गरिरहेको छ।
सिक्किमको संघले राज्य टोलीको तयारी, अनुशासन र समर्पणप्रति विश्वास व्यक्त गर्दै खेलाडी र अधिकारीहरूलाई शुभकामना दिएको छ। संघका अनुसार यस्तो प्रमुख राष्ट्रिय कार्यक्रममा सहभागिताले सिक्किममा ब्याडमिन्टनको स्थिर वृद्धि र सुधारलाई प्रतिबिम्बित गर्दछ।
साथै संघले राष्ट्रिय मञ्चमा सिक्किमेली शटलरहरूलाई अवसर, एक्सपोजर र समर्थन प्रदान गर्न निरन्तर प्रयास गर्ने बताएको छ। प्रेस विज्ञप्तिमा सिक्किम सरकार, प्रशिक्षक र अभिभावकहरूलाई राज्यमा ब्याडमिन्टन खेलको विकासमा निरन्तर सहयोग र प्रोत्साहनका लागि कृतज्ञता व्यक्त गरिएको छ।











