सिलगढी: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले आज सामाजिक संजाल मार्फत जनाए कि दार्जिलिङ सांसद खेल महोत्सवमा प्राचीन सांस्कृतिक सम्पदाको उत्सवका रूपमा यो प्रतियोगिताको उल्लेखनीय सहभागिता रह्यो।
दार्जिलिङ जिल्लाको सालबारी वनवासी कल्याण आश्रममा आयोजित कार्यक्रममा २०० भन्दा बढी उत्साही युवाहरूले आफ्नो सहनशीलता, अनुशासन र प्रतिभा प्रस्तुत गरेको श्री विष्टले जानकारी दिए।
स्मरणीय छ माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा योगले अभूतपूर्व विश्वव्यापी मान्यता पाएको छ, जसअन्तर्गत जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाइन्छ।
आज सालबारीमा सहभागीहरूले अत्यन्त सहनशीलता र भक्तिभावका साथ सूर्य नमस्कार प्रदर्शन गरे।
महिला वर्गका विजेता:
स्वर्ण: लक्ष्मी मुन्डा (१५ वर्ष) – १७७ सूर्य नमस्कार
रजत: सङ्गीता बर्मन (१६ वर्ष) – १७२ सूर्य नमस्कार
काँस्य: पूजा राई (३० वर्ष) – १६८ सूर्य नमस्कार
पुरुष वर्गका विजेता:
स्वर्ण: अभिषेक लामा (१९ वर्ष) – १७७ सूर्य नमस्कार
रजत: विवेक लामा (२३ वर्ष) – १७६ सूर्य नमस्कार
काँस्य: पिन्टु किस्कु (१८ वर्ष) – १७५ सूर्य नमस्कार
यसैगरी यी पदक विजेताहरूको उपलब्धिले समर्पण, निरन्तर अभ्यास र योगप्रतिको आस्थाले के–के हासिल गर्न सकिन्छ भन्ने उज्यालो उदाहरण प्रस्तुत गरेको कुरा सांसदले सामाजिक संजाल मार्फत सार्वजनिक गरे साथै यस प्रतियोगितालाई भव्य सफल बनाउन योगदान दिने सबै विजेता तथा सहभागीहरूलाई हार्दिक बधाई तथा शुभकामना दिए।










