बंगलादेशको हेकडी, १० दिनमै दोस्रोपटक भारतीय उच्चायुक्तलाई तलब

Waving flag of Bangladesh and

ढाका: नयाँ दिल्लीमा दीपू चन्द्र दासको हत्या विरुद्ध बंगलादेश दूतावास बाहिर हिन्दू संगठनहरूले उग्र प्रदर्शन गरिरहेका बेला, उता बंगलादेशले मंगलबार भारतीय उच्चायुक्त प्रणय वर्मालाई आफ्नो विदेश मन्त्रालयमा तलब गरेको छ। उच्चायुक्तसँग भारतस्थित बंगलादेशी दूतावासहरूको सुरक्षाबारे चिन्ता व्यक्त गरिएको बताइएको छ।
‘प्रथमालो डट कम’को रिपोर्टअनुसार बंगलादेशका विदेश सचिव असद आलम सियामले भारतीय उच्चायुक्तलाई तलब गरेका हुन्। कूटनीतिक स्रोतहरूले यस कुराको पुष्टि गरेका छन्। यसै महिनाभित्र ढाकामा भारतीय उच्चायुक्तलाई तलब गरिएको यो दोस्रो पटक हो।
स्रोतहरूका अनुसार नयाँ दिल्ली र कोलकातासहित भारतका विभिन्न भागमा रहेका बंगलादेशी दूतावासहरू वरपर देखिएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै वर्मालाई तलब गरिएको हो। कूटनीतिक स्रोतहरूले बताएअनुसार, भारतका विभिन्न स्थानमा रहेका बंगलादेशी दूतावासहरूको सुरक्षा अझ मजबुत बनाउन अनुरोध गरिएको छ।
१० दिनमा दोस्रोपटक भारतीय उच्चायुक्त तलब:
पछिल्ला १० दिनभित्र यो दोस्रो पटक हो जब वर्मालाई विदेश मन्त्रालयमा तलब गरिएको छ। अन्तरिम सरकारको कार्यकालमा विभिन्न घटनासँग सम्बन्धित विषयमा उच्चायुक्तलाई कम्तीमा छ पटक तलब गरिसकिएको छ। यसअघि उनलाई १४ डिसेम्बरमा विदेश मन्त्रालयमा तलब गरिएको थियो।
रिपोर्टअनुसार, त्यस भेटपछि विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इन्कलाब मञ्चका संयोजक शरीफ उस्मान हादीमाथि आक्रमण गर्ने हमलावरहरू भारत जान नपाऊन् भनेर भारतसँग सहयोग मागिएको उल्लेख गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement