नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले महिला क्रिकेटको निम्ति एउटा ऐतिहासिक कदम उठाएको छ। बीसीसीआई-ले घरेलु सर्किटमा खेल्ने महिला क्रिकेटरहरू र म्याच अधिकारीहरूका फीसमा व्यापक बढ़ोत्तरी गर्ने फसेला गरेको छ। नयाँ वेतन ढाँचाअन्तर्गत खेलाड़ीहरूकी प्रतिदिनको कमाईमा लगभग २.५ गुणासम्मको बढ़ोत्तरी गरिएको छ। यो फसेला भारतकी महिला टीमले २०२५ आईसीसी वनडे वर्ल्ड कप जितेपछि लिइयो, जहाँ टीम इण्डियाले पहिलोपल्ट खिताब आफ्नो नाम गरेको थियो। बीसीसीआईको यस कदमलाई महिला क्रिकेटमा लामो समयदेखि चलिरहेको वेतन असमानतालाई कम्ती गर्ने दिशामा महत्त्वपूर्ण मानिएको छ। खेलाड़ीहरूकी साथ-साथमा म्याच अधिकारीहरूका फीसमा पनि बढ़ोत्तरी गरेर बोर्डले उनीहरू पूरा महिला क्रिकेट इकोसिस्टमलाई नै मजबूत गर्न चाहेको स्पष्ट गरेको छ। अब सीनियर महिला टुर्नामेण्टमा हिस्सा लिने खेलाड़ीहरूमा अन्तिम एकादशमा रहने प्रत्येकलाई ५०,००० रुपियाँ प्रतिदिन र रिजर्व खेलाड़ीहरूलाई २५,००० रुपियाँ प्रतिदिन गरेर वेतन प्राप्त हुनेछ। राष्ट्रिय महिला टी२० म्याचमा अन्तिम एकादशमा रहने खेलाड़ीहरूलाई २५,००० रुपियाँ प्रतिदिन र रिजर्व खेलाड़ीहरूलाई १२,५०० रुपियाँ प्रतिदिन गरेर प्राप्त हुनेछ। यसबाहेक जूनियर महिला खेलाड़ीहरू (अण्डर-२३ र अण्डर-१९)-लाई पनि फाइदा प्राप्त हुनेछ। जूनियर खेलाड़ीहरूमा अन्तिम एकादशमा रहने खेलाड़ीहरूलाई २५,००० रुपियाँ प्रतिदिन अनि रिजर्व खेलाड़ीहरूलाई १२,५०० रुपियाँ प्रतिदिन गरेर प्राप्त हुनेछ। यस नयाँ ढाँचाअन्तर्गत सीनियर महिला टुर्नामेण्टमा अन्तिम एकादशमा सामेल खेलाड़ीहरूकी प्रतिदिन म्याच फीस २०,००० रुपियाँबाट बढ़ाएर ५०,००० रुपियाँ गरिएको छ। यसरी सीनियर टीमका रिजर्व खेलाड़ीहरूलाई १०,००० रुपियाँको सट्टा २५,००० रुपियाँ प्रतिदिन प्राप्त हुनेछ, जसले टीमकी हरेक सदस्यलाई आर्थिक सुरक्षा प्राप्त हुनेछ। बीसीसीआईका अधिकारीहरूले बताएअनुसार, कुनै शीर्ष घरेलु महिला क्रिकेटरले पूरा सीजनमा सबै प्रारूपमा खेले उनले १२-देखि १४ लाख रुपियाँसम्म कमाई गर्न सक्नेछिन्।
बीसीसीआईको यस फसेलाले अम्पायर र म्याच रेफरी जस्ता म्याच अधिकारीहरूलाई पनि ठूलो लाभ प्राप्त हुनेछ। अब घरेलु लीग म्याचहरूका निम्ति म्याच अधिकारीहरूलाई ४०,००० रुपियाँ प्रतिदिन गरेर वेतन प्राप्त हुनेछ। यसरी नक्आउट म्याचहरूमा ५०,००० रुपियाँदेखि ६०,००० रुपियाँ प्रतिदिन (म्याचको महत्त्व अनुसार) गरेर वेतन हासिल हुनेछ। यसले रणजी ट्रफीको लीग म्याचहरूमा अम्पायरहरूका कमाई अब लगभग १.६० लाख रुपियाँ प्रति म्याच हुनेछ जबकि नक्आउट म्याचहरूमा उनीहरूलाई २.५ लाखदेखि ३ लाख रुपियाँसम्म प्राप्त हुनेछ। नयाँ वेतन ढाँचाले घरेलु महिला क्रिकेटरहरूकी निम्ति एउटा मजबूत आधार तयार गर्नेछ। यसले खेलाड़ीहरूलाई आर्थिक स्थिरता प्राप्त हुनेछ अनि आउँदो समयमा महिला क्रिकेटलाई अझ प्रतिस्पर्धी र टिकाउ बनाउनमा यस फसेलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।









