टी२० वर्ल्ड कपको निम्ति भारतीय टीमको चयनलाई लिएर बहस

IMG-20251223-WA0069

नयाँ दिल्ली: भारतीय क्रिकेटमा टी२० वर्ल्ड कप २०२६-को निम्ति टीमको चयनले नयाँ बहस शुरु गरेको छ। शुभमन गिल र जितेश शर्मालाई टीमबाट बाहिर गरिनुलाई रबिन उथप्पा जस्ता पूर्व क्रिकेटरले चयन प्रक्रियालाई अनौठो र अस्थिर बताएका छन् भने मोहम्मद कैफले चाहिँ गिल र सूर्यकुमारको मामिलालाई तुलना गर्नु गलत बताएका छन्। उथप्पाले टीमको चयनलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्। उनले भारतीय क्रिकेटमा अहिले कुनै पनि कुरा तय नरहेको बताएका छन्। उथप्पाले भने, भारतीय क्रिकेट अनौठो जग्गा हो। चयनको मामिलामा केही स्थिरता आएको सोच्दा-सोच्दै टीम घोषित हुँदा सबै उलटफेर हुन्छ। टीम खराब छैन। यो असाधारण टीम हो तर धेरैको मन दुखेको छ। क्रिकेटको जानकारहरूले यस स्थितिलाई बुझ्न सक्छन्। शुभमन र जितेशले अहिले कस्तो अनुभव गरिरहेका होलान् भन्ने पनि याद राख्नु पर्छ। उथप्पाले विशेषगरी गिलको मामिलामा आश्चर्य व्यक्त गरेका छन्, जसलाई हालै टी२० टीमको उपकप्तान बनाइएको थियो। उनले भने, गिल टेस्ट र वनडे टीमका कप्तान हुन्। यसपाली टी२० टीममा उनलाई उपकप्तानी मात्र नभएर टीमबाट नै हटाइयो। प्लेईंग इलेवेनमा नभए पनि उनले तेस्रो ओपनरको रूपमा टीममा स्थान पाउनु पर्ने थियो। यसरी जितेशले पनि कुनै गल्ती गरेका थिएनन्। यस्तो चयन प्रक्रियाले यस टीममा कुनै पनि समय केही पनि हुन सक्ने संकेत जान्छ। खेलाड़ीहरूबीच असुरक्षाको माहोल सृष्टि हुनसक्छ। यसरी कैफले चाहिँ चयनकर्ताहरूका फसेलालाई समर्थन गरेका छन्। उनले भने, गिल र सूर्यकुमारको मामिलामा फरक छ। सूर्यकुमार टी२०-मा साबित म्याच विजेता हुन्। उनी आईसीसी ऱ्याङकिंगमा शीर्ष स्थानमा रहिसकेका छन् अनि धेरै म्याच जिताएका छन्। यसैकारण यी दुईबीच तुलना हुँदैन। कोविडको अवधि विराट कोहलीले पनि रन बनाउन सकिरहेका थिएनन् तर १० सालको प्रदर्शनको आधारमा उनलाई समर्थन दिइयो। सूर्यकुमार पनि त्यही श्रेणीमा आउँछन्। गिल अहिले यस प्रारूपमा सूर्यकुमारको नजिक पनि छैनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement