दार्जिलिङ: केन्द्र सरकारले आर्थिक वर्ष २०१७–१८ मै बर्धमान रोड फ्लाइओभरका लागि ६१.५४ करोड रुपैयाँ विनियोजन गरेको थियो। तर यतिसम्म हुँदा पनि उक्त काम अझै पूरा हुन नसकेको दार्जिलिङ लोकसभा सांसद राजु विष्टले सामाजिक संजाल मार्फत जनाए।
आर्थिक वर्ष २०१९–२० देखि हालसम्म केन्द्र सरकारले केन्द्रीय सडक तथा पूर्वाधार कोष (सीआरआईएफ) अन्तर्गत पश्चिम बङ्गाललाई १,७३६ करोड रुपैयाँभन्दा बढी विनियोजन गरेको छ भनि बंगाल सरकारप्रति आक्षेप लगाउँदै उनले भने-यसमध्ये पश्चिम बङ्गाल सरकारले दार्जिलिङ र कालिम्पोङ जिल्लाका लागि ८०.३४ करोड रुपैयाँ छुट्याएको तर विशेषगरी हाम्रो क्षेत्रका परियोजनाहरू पूरा भएको रूपमा यी विनियोजनहरू व्यवहारमा उतारेको देख्न अझै बाँकी नै छ।










