वेष्ट इण्डिजविरुद्ध तेस्रो टेस्ट जितेर सीरीज आफ्नो नाम गर्न सफल न्यूजील्याण्ड

IMG-20251222-WA0079

माउण्ट मौंगानुई: न्यूजील्याण्डले तेस्रो क्रिकेट टेस्ट म्याचमा वेष्ट इण्डिजलाई ३२३ रनले पराजित गरी ३ वटा टेस्ट म्याचको सीरीज २-०-ले जित्यो। बे ओवल मैदानमा न्यूजील्याण्डले ८ विकेटमा ५७५ रन बनाएर आफ्नो पहिलो ईनिंग्स घोषित गरेको थियो। जवाफमा वेष्ट इण्डिजले ४२० रन बनाउँदा न्यूजील्याण्डले पहिलो ईनिंग्सको आधारमा १५५ रनको बढ़त हासिल गरेको थियो। त्यसपछि न्यूजील्याण्डले २ विकेटमा ३०६ रन बनाएर आफ्नो दोस्रो ईनिंग्स घोषित गर्दा वेष्ट इण्डिजलाई म्याच जित्न ४६२ रन बनाउने लक्ष्य हासिल भएको थियो। विशाल लक्ष्यलाई अघि राखेर खेल्दै वेष्ट इण्डिज म्याचको पाँँचौं तथा अन्तिम दिन सोमवार आफ्नो दोस्रो ईनिंग्समा केवल १३८ रन बनाएर अलआउट भयो। अन्तिम दिन वेष्ट इण्डिजको पतन नाटकीय रह्यो कारण एक समय टीमले कुनै विकेट नगुमाइ ८७ रन बनाइसकेको थियो। त्यस स्कोरबाट केवल २५ रन जोड़ेर ८ विकेट गुमाउँदा न्यूजील्याण्डलाई म्याच जित्न कुनै समस्या भएन। यसरी वेष्ट इण्डिज कुनै विकेट नगुमाइ ८७ रनदेखि अचानक ८ विकेटमा ११२ रनको स्कोरमा पुग्यो अनि अन्तमा १३८-को स्कोरमा अलआउट भयो। पेस बलर जेकब डफीले विध्वंशी बलिंग गरेर क्यारेबियन टीमलाई ध्वस्त पारे। डफीले ५ विकेट लिए। यसबाहेक स्पिनर एजाज पटेलले ३ वटा सफलता हासिल गरे।

वेष्ट इण्डिजको दोस्रो ईनिंग्समा ओपनर ब्रेण्डन किंगलाई छोड़ेर अन्य कसैले उल्लेखनीय योगदान दिन सकेनन्। किंगले १३ वटा चौकाको साथ ९६ बलमा ६७ रन बनाए। उनको ओपनिंग जोड़ीदार जन क्याम्पबेलले १६ र तेविम इमलाचले १५ रन बनाए। म्याचको दुवै ईनिंग्समा शतक (२२७ र १००) बनाउने न्यूजील्याण्डका डेवोन कन्वेले प्लेयर अव् द म्याचको पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement