लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा आइतवार राति खेलिएको एकमात्र म्याचमा एस्टन भिल्लाले म्यानचेष्टर युनाइटेडलाई २-१-ले पराजित गऱ्यो। म्याच चरम रोमाञ्चक रह्यो अनि मध्यान्तरसम्म त स्कोर १-१-को बराबरीमा रहेको थियो। आफ्नो होम ग्राउण्ड भिल्ला पार्कमा ४२ प्रतिशत पोजेशनको साथ खेल्ने एस्टन भिल्लाबाट दुवै गोल मोर्गन रोजर्सले गरे। उनले म्याचको ४५औं र ५७औं मिनटमा गोल गरे। यसरी म्यानचेष्टर युनाइटेडको निम्ति मेथिउस कुन्हाले मध्यान्तर अघि इञ्ज्युरी टाइमको तेस्रो मिनटमा गोल गरे। यस जीतको साथ एस्टन भिल्ला १७ वटा म्याचमा ३६ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको तेसस्रो स्थानमा कायम रह्यो। यसरी म्यानचेष्टर युनाइटेड २६ पोइण्ट्सको साथ सातौं स्थानमा रहेको छ।










