स्पेनिश ला लीगाः बार्सिलोना र एट्लेटिको म्याड्रिडको जीत

IMG-20251222-WA0074

बार्सिलोना: स्पेनिश ला लीगा फूटबल प्रतियोगिताको शीर्ष तीनमा सामेल बार्सिलोना र एट्लेटिको म्याड्रिडले प्रभावशाली प्रदर्शनको क्रम जारी राख्यो। आइतवार राति खेलिएको म्याचमा गत सीजनको च्याम्पियन बार्सिलोनाले भिल्लारियलविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा ६५ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनालाई राफिन्हाले १२औं मिनटमा पेनल्टीबाट बढ़त दिलाए। त्यसपछि रेनाटो वेगाले ३९औं मिनटमा खतरनाक ट्याकलको निम्ति रेड कार्ड देख्दा भिल्लारियलले रहल समयमा १० जना खेलाड़ीको साथ खेल्नु पऱ्यो। त्यही मौकामा लामिन यामालले ६३औं मिनटमा अझ १ गोल गरी बार्सिलोनाको जीत सुनिश्चित गरे। यस जीतको साथ बार्सिलोना १८ वटा म्याचमा ४६ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो। यसरी चौथो स्थानमा रहने भिल्लारियलसँग ३५ पोइण्ट्स रहेको छ। यसरी एट्लेटिको म्याड्रिडले जिरोनालाई ३-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा ४९ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट कोकेले १३औं मिनट, कोनर गालाघेरले ३८औं मिनट र एण्टोनी ग्रीजम्यानले म्याचको अन्तिम क्षण (इञ्ज्युरी टाइमको दोस्रो मिनट)-मा गोल गरे। यस जीतको साथ एट्लेटिको म्याड्रिड २७ पोइण्ट्सको साथ तेस्रो स्थानमा पुग्यो। अन्य म्याचहरूमा एल्चेले रायो भाल्लेकानोलाई अनि रियल बेटिसले गेटाफेलाई ४-०-को समान अन्तरले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement